हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

काठमाडौं । हिमालयन लघुवित्तको अध्यक्षमा बिजय मान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको कार्तिक २६ गते सोमबार बसेकोे २३५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने बिजय मान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

यस अघि वित्तीय संस्थामा अध्यक्ष रहेका भएका उनले हिमालयन बैंकबाट बैंकिङ्ग सेवा शुरु गरी करीब ३२ वर्ष देखि बैंकिङ्ग क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेको कम्पनीले जनाएको छ ।

यसै गरी यस वित्तीय संस्थाको संस्थापक सेयरधनी हिमालयन बैंक लिमिटेडको तर्फबाट सुवासन हर्ष बज्राचार्य र श्री सरोज श्रेष्ठ समेत वित्तीय संस्थाको सञ्चालक नियुक्त भएका छन् ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु.९६ करोड बचत संकलन गरी करिब रु.४ अर्ब ३४ करोड लगानी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । साताको चौथो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से १४.१२ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस