काँग्रेस पहिलो पार्टी बनेपछि मात्र देउवाले सभापति पद छाड्ने

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई पहिलो पार्टी नबनाएसम्म आफूले पार्टी सभापतिको पदबाट विश्राम नलिने बताएका छन् ।

नेपाली काँग्रेस चाँगुनारायण नगपालिका वडा नं. ७ द्वारा आज आयोजित धान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली काँग्रेसलाई एकजुट र बलियो नबनाएसम्म विश्राम नलिने स्पष्ट गरे ।

पार्टीका सबै कार्यकर्ता र नेताहरु मिलेर पार्टीलाई एकजुट बनाउनुपर्ने चर्चा गर्दै देउवाले अब काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरे ।

पार्टीभित्रको गुट र उपगुटलाई अन्त्य गर्ने भन्दै उनले यसका लागि सबै कार्यकर्ताले साथ दिनुपर्ने बताए ।

उनले धान दिवस नेपाल र नेपालीको महत्वपूर्ण दिवस भएको उल्लेख गर्दै धान दिवसको महत्व धेरै रहेको बताए ।

 

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस