बागमती प्रदेशमा फुटाइयो मन्त्रालय

काठमाडौं । बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्‍याइएको छ । प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विना विभागिय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय फुटाइएको हो । पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय फुटाएर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

१०० दिन भन्दा बढी विना विभागीय मन्त्री भएका श्रेष्ठले अब सहकारी तथा गरिबी मन्त्रालय पाएका छन् । यससँगै बागमती प्रदेशमा १४ मन्त्रालय भएका छन् । यसअघि १३ मन्त्रालय थिए । यससँगै बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जान मन्त्री बनेका छन् ।

बागमतीमा यसबाहेक कांग्रेसबाट मुख्यमन्त्री बहादुर सिंह लामा, बिना विभागीय मन्त्री श्रेष्ठ सहित अर्थमन्त्री अर्थमन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकासमन्त्री हरिप्रभा खड्की, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरचन्द्र लामिछाने, खानेपानी, उर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्का, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी गरी ७ मन्त्री छन् ।

यस्तै, एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री अमन कुमार मास्के, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री कृष्ण प्रसाद सिलवाल, उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ र श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन गरी ६ मन्त्री छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस