१५ औँ राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौँ । आज असार १५ गते अर्थात १५ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारको ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ देशभर कृषक र सरोकारवालाहरु धान दिवस मनाउन लागेका छन् ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।

धान दिवसका अवसरमा सरकारले आज विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ । कपिलवस्तुमा आयोजित धान रोपाईं कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनाल सहभागि हुँदैछन्

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गते भएको मन्त्रिस्तरीय निर्णयअनुसार असार १५ लाई धान दिवसका रूपमा मनाउन थालिएको हो ।

(नार्क) र विभिन्न राजनीतिक किसान संगठनहरूले पनि छुट्टै कार्यक्रम गरेर धान दिवस मनाउँदै छन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस