सुनिता दुनुवारले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड

काठमाडौं । अमेरिकी सरकारले शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड दनुवारलाई संयुक्त रूपमा प्रदान गरेका हुन् ।

अमेरिकाले हरेक वर्ष विश्वभरका १ सय ८० राष्ट्रमध्येबाट बढीमा १० अभियन्तालाई ‘टीआईपी हिरो’ अवार्ड दिन्छ । सो अवार्ड पाउने दनुवार चौथो नेपाली हुन् । यसअघि शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा यो अवार्ड पाएकी थिइन् । यसअघि न्यायाधीश टेकनारायण कुँवर र प्रहरी उपरीक्षक किरण बज्राचार्यले पनि यही अवार्ड पाएका थिए ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस