शेयर बजारमा गिरावट

काठमाडौं । साताको तेस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ११.२४ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २७ सय ४८.९६ को बिन्दुमा कायम रहेको छ।

बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ११ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ३१२ कम्पनी मध्ये ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मिसिका फाउन्डेसनले गर्‍यो विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण

काठामाडौं । मिसिका फाउन्डेसनले चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो …

प्रतिकृया दिनुहॊस