नेपालले कुवेतलाई १६५ रनले हरायो

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपालले जारी यू-१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतमाथि फराकिलो जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको कुवेत १३ ओभरमा ४८ रन बनाउँदै अल आउट भएपछि नेपाल १६५ रनले विजयी भएको हो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको शतकीय पारीको मद्दतले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । पूजाले ५७ बलमा शतक बनाएकी पूजाले अविजित १२८ रन बनाएकी थिइन् । त्यस्तै सोनी पाख्रिनले अविजित ४३ रन बनाएकी थिइन् । पूजा र सोनीबीच १५७ रनको कीर्तिमानी साझेदारी समेत बनेको थियो ।

यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सर्वाधिक ठुलो टोटल हो । यस अघि युएईले कुवेत विरुद्ध नै २११ रन बनाएको थियो ।

यो जितपछि प्रतियोगितामा नेपालले ५ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । कुवेतले अहिलेसम्मका पाँचै खेलमा हार बेहोरेको छ ।

अब नेपालले यस प्रतियोगितामा बिहीबार युएईसँग खेल्ने तालिका रहेको छ । नेपालका लागि विश्वकपमा छनौट हुन यो खेल जित्नै पर्ने अवस्था सिर्जना भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्राजिलसँग उरुग्वेको रोमाञ्चक बराबरी, अर्जेन्टिना विजयी

काठमाडौं । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग बराबरीमा रोकिएको छ …

प्रतिकृया दिनुहॊस