काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ५० मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।
भूकम्पको क्षतिको विवरण भने आएको छैन ।
तपाईंको प्रतिकृया




