जाजरकोटमा फोर्स र जिप ठोक्किँदा चार यात्रु घाइते

जाजरकोट । जाजरकोटको छिन्चु-जाजरकोट सडकखण्डमा दुई सवारी ठोक्किँएका छन् । मंगलबार भएको दुर्घटनामा परी चार जना घाइते भएका छन् भने अन्य आठ सकुशल रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट जाजरकोटतर्फ आउँदै गरेको लु २ ख ५८३६ नम्बरको फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको लु १ च ५२९९ जिप एक आपसमा ठोक्किँदा फोर्स गाडीमा सवार १२ मध्ये चार जना घाइते भएका हुन् । घाइतेलाई जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि पठाइएको छ ।

प्रहरीले दुबै गाडीका चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ । जिपमा सवार सबै आठ जना सकुशल छन् । दुबै सवारी साधनको अगाडिको भागमा क्षति पुगेको बताइएको छ ।

  • फोटो र जानकारी : रेशम बहादुर खड्का

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस