काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताएका छन् । उनले भने,‘सरकारले अब गियर चेञ्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेञ्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’ अर्घाखाँचीको मालारानी-४ श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि मालारानी शैक्षिक तथा धार्मिक महोसत्व-२०७५ …
पुरा पढ्नुहॊस »कार्यालयमै घुस लिँदालिँदै सहन्यायाधिवक्ता थापा अख्तियारको नियन्त्रणमा
काठमाडौं । सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयको टोलीले सरकारी वकिल कार्यालय पोखरामा कार्यरत थापालाई पाँच लाख घुस रकमसहित बुधबार बिहान ८ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको अख्तियारको क्षेत्रीय कार्यालय पोखराका उपसचिव रमेश ढकालले जानकारी दिए । सहन्यायाधिवक्ता थापाले सेवाग्राहीसँग ठगी मुद्दाको पुनरावेदन नगरिदिने शर्तमा घुस लिएको आरोप लगाइएको छ ।
पुरा पढ्नुहॊस »नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । गएको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो । तर शीर्ष नेता व्यस्त भएको भन्दै बैठक आउँदो शनिबारसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ । बुधबारको बैठकले स्थायी समिति बैठकको मिति र कार्यसूचि तय गर्ने भनिएको थियो । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने …
पुरा पढ्नुहॊस »रुटपरमिट खुला, यात्रुबाहक गाडीले जहाँसुकै जान पाउने
काठमाडाैं । दशैं यात्रालाई सजिलो बनाउन सरकारले आजदेखि सार्वजनिक सवारीसाधनलाई रुटपरमिट (इजाजत पत्र) खुला गरेको छ । अब असोज ३१ गतेसम्म बसलगायत यात्रुबाहक गाडीले जुनसुकै रुटमा चल्न पाउने छन् । साथै यात्रु भरिने बित्तिकै जान पाउने छन् । पालो कुरेर बस्नु पर्ने छैन । दशैं मान्न काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा जाने तथा विभिन्न स्थानबाट उपत्यका आउने यात्रुको यात्रालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए …
पुरा पढ्नुहॊस »कृषिमन्त्री नै भन्छन्- पानी, तेल र मासु ढुक्कले नखानुस् !
काठमाडाैं । ‘काठमाडौंका उपभोक्तालाई ढुक्कले पानी, तेल र मासु खान भन्न सक्ने अवस्थामा म छैन,’ यो भनाई कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणि खनालको हो । बजारमा पाइने खाद्य वस्तुप्रति मन्त्री आफैं ढुक्क छैनन् । सर्वसाधारणले अखाद्य वस्तु खान बाध्य छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ । केन्द्रीय खाद्य प्रयोगशाला नियमन गर्ने मन्त्री चक्रपाणि खनालले भने, ‘खाद्य वस्तुमा अखाद्य र मानव स्वास्थ्यलाई हानिकारक वस्तुको मिसावट अत्यधिक छ ।’ …
पुरा पढ्नुहॊस »देशमा ४८ सय डाक्टर बेरोजगार, तर ९५० सरकारी दरबन्दी खाली
काठमाडाैं । देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् । दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो । देशभर एक हजार ६५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको छैन । नौँ सय ५० चिकित्सकको दरबन्दी खाली छ । देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका सात सय चिकित्सक मात्रै छन् । आजको नयाँ पत्रिकामा …
पुरा पढ्नुहॊस »बेल्जियमको निर्वाचनमा भिड्दै नेपाली मुलका दुई चेली
काठमाडाैं । बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् । उनको नाम हो रश्मी निरौला । रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठूलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् । बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठूलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन् । त्यसैगरी बेल्जियमको दोस्रो ठूलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले …
पुरा पढ्नुहॊस »वामदेवका लागि काठमाडाैं-७ मा उपनिर्वाचन : राज्यकोषको करोडौं खर्च हुने
काठमाडौँ – नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । कान्तिपुर दैनिकमा खबर छ । गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो। त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन …
पुरा पढ्नुहॊस »जयनगर-जनकपुर रेल सेवा मङ्सिरसम्ममा सञ्चालनमा आउने
काठमाडौ । बहुचर्चित जयनगर-जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
पुरा पढ्नुहॊस »आजदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहने
काठमाडौँ । सर्वोच्च अदालतलले बुधबार घटस्थापनाका दिनदेखि आगामी कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जनाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जारी गरेको प्रेस विज्ञप्तिमा असोज २४ देखि कात्तिक ७ गतेसम्म अदालतल बन्द रहने भए पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रयोजनका लागि विजयादशमी र उल्लेखित अवधिमा पर्ने शनिबारका दिनबाहेक अन्य …
पुरा पढ्नुहॊस »