मापसे गरी सवारी चलाउनेलाई एक रात जेलको बास

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरुका लागि हिरासतमा समेत बस्नुपर्ने नियम बनाएको छ ।

यसअघि मापसे गरेर सवारी चलाउनेहरुका लागि एक हजार रुपैयाँ जरिवाना, लाइसेन्समा प्वाल र ट्राफिक जनचेतनाबारे कक्षा लिनुपर्ने नियम रहेको थियो ।

मापसे जाँचमा नियमको छिद्र प्रयोग गरेर लाइसेन्स प्वाल पार्नबाट बच्नेहरु बढेपछि महाशाखाले यसमा थप कढाई गरेको हो ।

मापसे जाँचमा पर्दा ब्लुबुक मात्र प्रस्तुत गर्ने र लाइसेन्स नभएको बहाना गर्ने र पछि ब्लुबुक धनी आएर अर्को व्यक्तिले आफ्नो सवारी चलाएको र ती व्यक्ति सम्पर्कविहीन बनेको भन्दै जरिवानामात्र तिरेर उन्मुक्ति पाउने क्रम बढेको पाइएपछि मापसेमा थप कडाई गर्न परेको महाशाखाले जनाएको छ ।

शुक्रबारबाट लागु भएको नयाँ नियम अनुसार अब मापसे गरेका सवारी चालकले जाँचका क्रममा लाइसेन्स प्रस्तुत गर्न नसके एक रात हिरासतमा बस्नुपर्नेछ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस