चितवनमा बस अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु, १८ घाइते

काठमाडौं । चितवनमा गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १ एक जनाको मृत्यु भएको छ । यस्तै १८ जना घाइते भएका छन् ।

भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा चितवनको राप्ती नगरपालिका–५ बस्ने १४ वर्षिय सुनिल मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर छ । अन्य चार जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री