काठमाडाै । नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २५ जनाको मृत्यु भएको छ भने १६८६ जना संक्रमणमुक्त भएका छन् ।
पुरा पढ्नुहॊस »मुक्तिनाथको ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै बैंकले बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन गर्ने योजना सार्वजनिक गरिएको जनाएको छ । ग्राहकहरुले मात्र १०० रुपैयाँको न्यूनतम मौजदातमै सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् । बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी दिईनेछ । बैंकले पहिलो वर्षको लागि निशूल्क मोबाईल बैंकिङ्ग तथा …
पुरा पढ्नुहॊस »एनएमबि बैंक सवारी कर्जा: ८.४९ प्रतिशत ब्याजदरमा
काठमाडाैं । एनएमबि बैंकले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने भएकाे छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाइकाे छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पुर्याउने विश्वास लिईएको बैंकले जनाएकाे छ ।
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकको मोबाइल एपबाटै आईपीओ भर्न सकिने
काठमाडौँ ।एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनीकरण गर्ने उद्देश्यले सरलरुपमा नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत विभिन्न कम्पनीहरुले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत गरेको छ। एनआईसी एसिया बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले यस नवीन सेवाअनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरुमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्ने बैंकले …
पुरा पढ्नुहॊस »सेलपे एनीभर्सरी अफर: १० प्रतिशत क्यासब्याक
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना वार्षिकोत्सवको एनीभर्सरी अफर लिएर आएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सेलपेका ग्राहकहरुले सेलपेबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसङ ग्यालेक्सी F २२ जित्ने मौका पाउनेछन् ।सेलपेको सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
पुरा पढ्नुहॊस »नेपाल स्टक एक्सचेन्जमा साढे ७ लाख बढी कित्ता सेयर थपियो
काठमाडौँ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ। आर्थिक वर्ष २०७६/७७ का लागि कुल ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो सोही ७ प्रतिशत बोनस सेयर बराबरको ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
पुरा पढ्नुहॊस »छोराले कुटपिटबाट घाईते भएका बृद्ध बुबाको मृत्यु
ईलाम।ईलामको देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ । श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईते टेक बहादुर मुखियाको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकि घर ल्याउने क्रममा आइतबार राती मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर आजबाट शरु
काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले साउन ११ गतेबाट साउन २५ गतेसम्म अपराह्न ५ बजेदेखि साँझ ७ बजेसम्म नक्सालस्थित क्यापिटलको कार्यालयमा सन्ध्याकालीन काउन्टर सञ्चालन गर्ने भएको हो।
पुरा पढ्नुहॊस »थप २ हजार २३७ जनामा कोरोना संक्रमण,१८जनाको मृत्यु
काठमाडाै । नेपालमा थप २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार थप १८ जनाको मृत्यु भएको छ भने २०५० जना संक्रमणमुक्त भएका छन् ।आज १३हजार ८३४नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »उपत्यकामा १० दिन थपियो निषेधाज्ञा
काठमाडाैँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट साउन ११ गतेदेखि लागू हुने गरी थप गरिएको आदेश अनुसार जारी निषेधाज्ञा साउन २० गते सम्म थप गरेको हो ।
पुरा पढ्नुहॊस »