काठमाडौं ।रौतहट जिल्ला सदरमुकाम गौर स्थित खेतमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशु लाई एक परिवारले रितपूर्वक जिम्मा लिएको छ ।
गत कार्तिक १५ गते राती देखि प्रादेशिक अस्पताल गौरमा पालनपोषण गरी राखिएको शिशु (बालिका )लाई सोमवार यमुना माइ गाउँ पालिका वाड १ जेठरहिया निवाशी रघुनाथ सहनि र उनको श्रीमती अनिता सहनिले गोद (जिम्मा) लिएका हुन् ।
जिल्ला अदालत रौतहटबाट सम्पूर्ण प्रकृया पूरा गरि बालिका लाई सहनी परिवारले जिम्मा लिएको अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले बताएका छन् ।
गत कार्तिक १४ गते राती जन्मिएको उक्त नवजात शिशु लाई कसैले गौर नगरपालिका सबगढा गाउँ छेउको खेतमा फालेर गएको थियो । गत कार्तिक १५ गते बिहान बच्चा रोईरहेको आवाज सुनेर स्थानीयले शिशु लाई उठाएर प्रादेशिक अस्पताल गौरमा पुर्याएको थियो । केही घन्टा खेतमा रहेकी शिशुको हातको औंलाहरुमा कमिलाले टोकेर घाउ खत बनाएको थियो ।
प्रादेशिक अस्पतालमा उपचार पछी सुरक्षित पालनपोषण भईरहँदा सोमवार सहनी परिवारले आफ्नो सन्तान सरह राख्ने बाचा गर्दै जिम्मा लिएर गएको अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले जानकारी दिएका छन्।
प्रतिकृया दिनुहॊस