रश्मी

सवारी साधनको लाइसेन्स ,ब्लुबुक नवीकरण, बीमा लगायतका काम अनलाइनबाटै गर्न सकिने

काठमाडौं ।सवारी साधनको लाइसेन्स र ब्लुबुक नवीकरण, बीमा लगायतका काम अनलाइनबाटै गर्न सकिने भएको छ । वागमती प्रदेश सरकारले सवारी साधन सम्बन्धि काम अब अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको हो । मुख्यमन्त्री डोरमणी पौडेलले अनलाइन पेमेन्ट सिस्टम प्रणालीको आज उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पौडेलले प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सेवा  दिंदा भ्रष्टाचार नियन्त्रणका  गर्ने सकिने बताए।

पुरा पढ्नुहॊस »

सफ्टवेर अपग्रेड गर्ने कृषि विकास बैंकको सेवा अवरुद्ध हुने हुने

बैंकिङ्ग सफ्टवेर अपग्रेड गर्ने आज दिउँसो साढे २ बजेदेखि कृषि  विकास बैंकको सेवा अवरुद्ध हुने हुने. भएको छ । बैंकले कोर बैंकिङ्ग सफ्टवेर अपग्रेड गर्ने भएकाले आज दिउँसो साढे २ बजेदेखि साउन १० गते बिहान १० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।  

पुरा पढ्नुहॊस »

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले फिर्ता लिए प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा  फिर्ता लिएका छन्।  रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा  स्वीकृत भएको  थिएन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए। रावल  नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा नेपाल पक्षबाट संयोजक थिए।

पुरा पढ्नुहॊस »

पाँचथरमा पहिरोले पुरेर मजदुरको मृत्यु

पाँचथर  ।पाँचथरको  हिलिहाङ गाऊपालिका ५ सुभाङ  मध्यपहाडी लोकमार्गमा काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेहथुम आठराई गाऊपालिका ५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् । बिहिबार  दिउसो  रसुवा कन्ट्रक्सनक मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अबस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको  घटनास्थनमै  मृत्यु भएको हो

पुरा पढ्नुहॊस »

सुनको मूल्य बढ्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा

प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।बैंकले २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको हो। शेयर खरिदका लागि साउन १५ गतेदेखि २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। बैंकले सो शेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बिक्री गर्न लागेको हो। शेयर खरिदका लागि ईच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक व्यक्ति तथा संगठित संस्थाले आवेदन दिन सक्नेछन्।

पुरा पढ्नुहॊस »

थप २ हजार ७१४ जनामा कोरोना संक्रमण,२४ जनाको मृत्यु

काठमाडौ । नेपालमा थप २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो । विहीबार २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् ।

पुरा पढ्नुहॊस »

नेपाल आयल निगम जोडियो डिजिटल भुक्तानी प्रणालीमा

काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्थासहितको एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ। यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा मार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको चार दिनमा नै निगमको ३.९७ अर्ब बराबरको भुक्तानी संकलन भएको जनाएको छ । विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औं वार्षिकोत्सवको  कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२ औं वार्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झन्डोत्तोलन गरेका छन् । ३२ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । त्यसपश्चात प्रमुख अतिथि एवं प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारीका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन) सहित अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका …

पुरा पढ्नुहॊस »