दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौंं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको छ । कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

प्रसाई पक्राउ गरेपछि उनका छोरा नीराजन प्रसाईंले गत मंसिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । निवेदनमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।

निवेदनका आधारमा उनलाइ सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस