काठमाडौँ ।एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनीकरण गर्ने उद्देश्यले सरलरुपमा नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत विभिन्न कम्पनीहरुले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत गरेको छ।
एनआईसी एसिया बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले यस नवीन सेवाअनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरुमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ।
मोबाइल आईपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरुले एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नभएमा यस बैंकमा बचत खाता खोलेर एनआईसी एसिया मोबाइल बैंकिङ एप डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोली समयमै आईपीओ भर्ने सुविधाबाट लाभान्विन हुन सक्ने बैंकले जनाएको छ।
प्रतिकृया दिनुहॊस