एलआईसीले बुधबारदेखि हकप्रद शेयर बिक्री गर्ने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले बुधबारदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ः०.८८४५१६८ अनुपातमा अर्थात १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता शेयर प्रतिशेयर १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रद शेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

शेयर खरिदका लागि दरखास्त नेपाल एसबिआई मर्चेण्टको लेखनाथमार्ग ठमेल, लाइफ इन्स्योरेन्सको कार्यालय पुतलीसडक तथा सम्पूर्ण कार्यालय तथा सि–आस्वामा आबद्ध बैँक तथा वित्ती संस्थामा दिनुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ । साताको …

प्रतिकृया दिनुहॊस