मुक्तिनाथको ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै बैंकले बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन गर्ने योजना सार्वजनिक गरिएको जनाएको छ ।

ग्राहकहरुले मात्र १०० रुपैयाँको न्यूनतम मौजदातमै  सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् ।

बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी दिईनेछ ।

बैंकले पहिलो वर्षको लागि निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्ग सेवा समेत प्रदान गर्ने जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस