रश्मी

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा

काठमाडाैँ ।नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् ।कुबेती प्रो–लाइसेन्स प्राप्त अब्दुल्ला अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालली फुटबलका   मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

पुरा पढ्नुहॊस »

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

काठमाडाैँ ।प्रधानमन्त्री देउवाले लिटिल एन्जल्स विद्यालयका सञ्चालक   उमेश श्रेष्ठलाई  स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ कांग्रेसबाट  समानुपातिक  कोटामा सांसद  बनेका हुन्।

पुरा पढ्नुहॊस »

खल्ती डिजिटल वालेट ल्यायो मोबाइल टपअपमा १०% क्यासब्याक अफर

काठमाडौं ।खल्ती डिजिटल वालेटले  ‘खल्ती’ मा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १०% क्यासब्याक पाइने अफर ल्याएको छ।  यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको छ। खल्ती डिजिटल वालेट नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो।यो अफर एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागू हुने  कम्पनीले जनाएकि छ।

पुरा पढ्नुहॊस »

आइतबार नेप्से परिसूचक ५४.३३ अङ्कले बढ्यो

काठमाण्डाै ।आइतबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५४.३३  अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार  नेप्से  ५४.३३ अङ्कले बढेर ३  हजार ५८  दशमलव ६७    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ७६   अङ्कले ब ढेर   ५७४  दशमलव ०४    मा पुगेर रोकिएको छ । स्टकका   अनुसार  आज कुल २२३   कम्पनीका ४  करोड ३९ लाख ३९   हजार २१२   कित्ता शेयर १४  अर्ब …

पुरा पढ्नुहॊस »

नबिल बैंकको ३ अर्ब बराबरको ऋणपत्र बिक्रि खुला

काठमाडाैँ । नबिल बैंकको ३ अर्ब बराबरको ऋणपत्र बिक्रि खुला भएको छ । बैंकले  प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने  ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बिक्रि हुने छ।   ७ वर्षे अवधिको यस …

पुरा पढ्नुहॊस »

मोरङकाे बुधबारेमा नेपाल बङ्गलादेश बैंकको ८ औ विस्तारित सेवा केन्द्र

मोरङ । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाकाे बुधबारे बजारमा आफ्नो ८ औ विस्तारित सेवा केन्द्रकाे  सुरुवात गरेको छ ।बैंकिङ्ग पहुँचबाट टाढा रहेको  अवस्थामा ग्रमिण भेगमा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउन बैंकले आफ्नो सेवा केन्द्र संचालनमा ल्याएको जनाएकाे छ । उक्त सेवा केन्द्रबाट   सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणाली मार्फत प्राप्त हुने सम्पुर्ण सेवा, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता संचालन गर्न लगायतका …

पुरा पढ्नुहॊस »

नेपाल लाइफले ल्यायो ‘नौलो केटाकेटी जीवन बीमा’ योजना,

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेनौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ। नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको हो। यस नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम रु. १ लाखदेखि आम्दानीका आधारमा अधिकतम बीमांक छनोट गर्न सकिने कम्पनी जनाइएको छ। सावधिक जीवन बीमालेखमा १ …

पुरा पढ्नुहॊस »

भालुको आक्रमणबाट एकजनाको मृत्यु

जंगली भालुको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ । भालुको आक्रमणबाट माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको  मृत्यु भएको प्रहरीले जनाएको छ । तामाको मुना खोज्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किनारमा उनको शव भेटिएको हो ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५% सम्म छुट पाउने

काठमाडौं ।एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५% सम्म छुट पाउने भएका छन् ।एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ई–एनएमबि मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारका दिन फलफूल तथा तरकारी खरिद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने भएका छन्। एनएमबि बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकरलाई  सेवा प्दान गर्दे आइरहेको छ।

पुरा पढ्नुहॊस »

थप २ हजार ९७७ जनामा कोरोना संक्रमण,१८ जनाको मृत्यु

काठमाडाै । नेपालमा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  शुक्रबार २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १८  जनाको मृत्यु भएको छ भने १६७८ जना संक्रमणमुक्त भएका छन् ।आज १७ हजार ३०८   नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »