चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा, शेयरधनीको हात खाली

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा आगामी पुस ३ गते कम्पनीको थानकोटस्थित कार्यालय परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त कम्पनीले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांश वितरण नगर्ने जनाएको छ । साथै सभामा सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा दफा तथा नियम संसोधन गर्न अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत पन्धौं वार्षिक प्रतिबेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त आव २०८०/८१ को आय व्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु स्वीकृत गर्ने आव २०८१/८२ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता सामान्य प्रस्तावहरु समेत पारित गरिनेछन् ।

साथै साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस