रश्मी

भारतमा कोरोना: २४ घण्टामा २५ हजार संक्रमित, ३८५ जनाको मृत्यु

काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा गिरावट आएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ३८५  जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३४  हजार ७८४  पुगेको छ । त्यस्तै २४ घण्टामा २५  हजार ४२० संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड २४  लाख पुगेको छ भने अहिले भारतमा ३  लाख ४१ …

पुरा पढ्नुहॊस »

करेन्ट लागेर इलाममा एक जनाको मृत्यु

इलाम ।इलामको  रोङ गाऊपालिका ६ सलकपुरनिवासी  ५० बर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार  दिउसो  आफ्नै पुरानो घरमा घाँस काट्नको लागी घास काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिनमा आफैले लगाएको   सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा करेन्ट लागी घाईते भएकी तामाङको उपचारको लागि लैजान तयारी गर्दा गर्दै मृत्यु भएको छ ।

पुरा पढ्नुहॊस »

कर्मचारीमा कोरोना देखिएपछि सुनसरी मालपोतको सेवा बन्द

सुनसरी । कार्यालय प्रमुखमा कोरोना देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय इरुवा सुनसरीको सेवा एक साताका लागि बन्द गरिएको छ  ।कार्यालयले सुचना जारी गर्दै कार्यालयको आन्तरीक प्रशासनिक र भुमि सुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने जनकारी दिएको छ । स्वास्थ्य सुरक्षा र सम्वेदनशीलतालाई मध्यनजर गर्दै भदौ ७ गतेबाट १४ गते सम्म कार्यालयको कामकाज बन्द रहने उल्लेख छ ।

पुरा पढ्नुहॊस »

गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ

खोटाङ  ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ बाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको छ । आइतबार  जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले तुवाचुङ नगरपालिका ७ का  ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद गरेको  छ । गाँजा र बन्दुक सहित  दुवैजना पक्राउ गरि थप अनुसन्धान प्रहरीले जनाएको छ …

पुरा पढ्नुहॊस »

मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु

उदयपुर।उदयपुर बेलका नगरपालिका ५ गलेनीमा पुर्वतर्फ जादै गरेको प्रदेश १-०२-०४१ प १८०८ नम्बरको मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ८० बर्षीय राम बहादुर श्रेष्ठ रहेका छन् । आइतबार  बेलुका ठक्करबाट  गम्भिर घाईते भएका श्रेष्ठको धरान घोपामा उपचारको क्रममा  मृत्यु भएको हो । मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुमका का २४ बर्षीय रोयल कुमार चौधरी र पछाडी सवार सोही स्थानका २४ बर्षीय सुरज कुमार …

पुरा पढ्नुहॊस »

झापामा ८ महिनाकी छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । झापाको कन्काइ नगरपालिका-१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए ।

पुरा पढ्नुहॊस »

मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ कम्पनीको आईपीओ  भोलि बाँडफाँड हुने भएको छ ।कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ  बिक्रि  निष्कासन गरेको थियो । कम्पनीले प्रति कित्ता रु १०० का  दरले ३ करोड ९५ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टका अनुसार कम्पनीको आईपीओ भोलि  सोमबार बिहान साढे ८ बजे …

पुरा पढ्नुहॊस »

थप १ हजार ९२० जनामा कोरोना संक्रमण

काठमाडाै ।आइतबार   नेपालमा थप १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । आज थप २४  जनाको मृत्यु भएको छ भने २२४८ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १२ हजार ५१६ नमुना परीक्षण गरिएको थियो ।  

पुरा पढ्नुहॊस »

यूनाईटेड आईडी मार्दी एण्ड आरबि हाइड्रोपावरको नाफा बढ्यो

काठमाडौं । यूनाईटेड आईडी मार्दी एण्ड आरबि हाइड्रोपावरले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ  । अघिल्लो ४ करोड १४ लाख ९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले आवमा ४ करोड ६० लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा २७.५२ प्रतिशतले बढेको छ आर्थिक वर्ष २०७७÷७८ मा   १३ करोड ४५ लाख ८ हजार रुपैयाँ  विद्युत बिक्री …

पुरा पढ्नुहॊस »

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका- ३बाट गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको हो । सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकप्टरमार्फत उद्धार उनलाई उद्धार गरिएको हो । अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।

पुरा पढ्नुहॊस »