मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ कम्पनीको आईपीओ  भोलि बाँडफाँड हुने भएको छ ।कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ  बिक्रि  निष्कासन गरेको थियो । कम्पनीले प्रति कित्ता रु १०० का  दरले ३ करोड ९५ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टका अनुसार कम्पनीको आईपीओ भोलि  सोमबार बिहान साढे ८ बजे बाँडफाँड हुने भएको छ ।कम्पनीको  आईपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।  रितपूर्वक आवेदन दिएका योग्य ३६ हजार ८५९ सर्वसाधारणले  १० कित्ताका दरमा सेयर प्राप्त गर्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस