रश्मी

अञ्जु पन्तको ‘चोखो माया’

चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको चोखो माया बोलको गीत सार्वजनिक भएको  छ। गायक गुरुङकै शब्द, संगीतमा तयार पारिएको  गीतमा लाहान सुब्बाको संगीत संयोजन रहेको छ । चोखो माया’ गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल सिंहको अभिनय  देख्न सकिन्छ ।    

पुरा पढ्नुहॊस »

लालीगुराँस बहुउद्देश्यीय सहकारीको काउण्टर भक्तपूरको सुर्यविनायकमा

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.६ पाण्डुबजारमा छैठौं सदस्य सुविधा काउण्टर संचालन गरेको छ । काउण्टरको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरेका छन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए ।

पुरा पढ्नुहॊस »

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट  सिरहाको धनगढीमाई नगरपालिका–६ मा  एक जनाको मृत्यु भएको छ । ?गए राति  ११ बजे पैदल हिँडिरहेका अन्दाजी १८ वर्षीय किशोरलाई स१०प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ।मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर १ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो ३ बजे  चिस्यानी होली स्थित पैनीमा बिद्युतिय करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागि मृत्यु भएको थियो ।  

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा थप ३ नयाँ शाखा विस्तार

कुमारी बैंकले  थप ३ ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो।

पुरा पढ्नुहॊस »

ओपोले सार्वजनिक गर्यो नवप्रबर्तनात्मक ईमेजिङ प्रविधि

काठमाडौं । वैश्विक स्तरम अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले २०२१ ओपो फ्यूचर ईमेजिंग टेक्नोलोजी लञ्च ईभेन्टको आयोजना गरेको छ । अनलाइन ईभेन्ट मार्फत ओपोले सेन्सर्सका लागि अपग्रेड, मोड्यूल्स र अल्गोरिदम लगायत स्मार्टफोन ईमेजिंग टेक्नोलोजीसंग सम्बन्धित विभिन्न नवप्रबर्तनहरु सार्वजनिक गरेको थियो । प्रयोगकर्तालाई जीवनका सौन्दर्य सहजरुपमा कैद गर्न सघाउने उद्देश्यका साथ कम्पनीले आफ्नो ध्यान स्व—विकास र अन्तर्निहित इमेजिंग प्रविधिको विकासमा केन्द्रित गरिरहेको छ । कम्पनीेले सार्वजनिक गरेको नवप्रबर्तनहरुमा ओपोको नेक्स्ट जेनरेशन …

पुरा पढ्नुहॊस »

थप ३ हजार ४२ जनामा काेराेना संक्रमण

काठमाडाै ।शुक्रबार  नेपालमा थप ३ हजार ४२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार   ३ हजार ४२  जनामा संक्रमण पुष्टि भएको हो । आज थप २६   जनाको मृत्यु भएको छ भने २२४४ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १७  हजार ६५४  नमुना परीक्षण गरिएको थियो ।हाल नेपालमा सक्रिय संक्रमित ४० हजार ३०९ जना रहेका छन्।

पुरा पढ्नुहॊस »

गायिका रितु कँडेलको अली अली लजाउँदै’

गायिका रितु कँडेलले अली अली लजाउँदै बोलको गीत सार्वजनिक गरेकी छिन । आफ्नै युट्युब च्यानल मार्फत  सार्वजनिक गीतमा स्वर रितु आफैंले दिएकी हुन । लय र म्युजिक पनि रितुकै रहेको  छ भने गीतमा एरेन्ज गोविन्द मधुर आचार्य र सम्पादन प्रकाश धमलाको रहेको छ। सुरेश श्रेष्ठले क्यामेरा र मिक्सिंग खडक बाजुरालीको रहेको छ। भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको छ भने रुविना अधिकारी र रितु स्वयंको अभिनय देख्न सकिन्छ।

पुरा पढ्नुहॊस »

कर्णाली प्रदेशका कृषकलाई सेञ्चूरी कमर्सियल बैंकले सहुलियतपुर्ण कर्जा दिने

काठमाडौं । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले र सेञ्चुरी कमर्सियल बैंकबिच “व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६” कार्यान्वयनमा ल्याउन सम्झौता भएको छ । मन्त्रालयले कार्यान्वयनमा ल्याएको कार्यक्रम  पश्चात कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंकका विभिन्न शाखाहरुबाट व्यावसायिक कृषकहरुले सहुलियतपुर्ण कृषि कर्जा प्राप्त गर्नसक्ने छन् । उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फवाट …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुविधा

बैंक अफ काठमाण्डूले  प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ। बैंकले नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सकिने सुविधामा आधारित सेवा सञ्चालनमा ल्याएको हो। यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्यापमात्र गरी भुक्तानी गर्न सकिन्छ। हाललाई यस प्रविधिमार्फत ग्राहकले प्रतिकारोबार …

पुरा पढ्नुहॊस »