रश्मी

कोशी ब्यारेजबाट नदीमा हामफालेका ६ जनाको उद्धार

सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको हो ।गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् । त्यसैगरी …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको सहयोग कोरोना कोषमा

काठमाडौं । कुमारी बैंकले कोरोनाा कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा सो रकम जम्मा गरेको हो । एक संक्षिप्त कार्यक्रममाझ बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, संघका पूर्व अध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईं लाई संयुक्त रुपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

पुरा पढ्नुहॊस »

लागुऔषध ब्राउन सुगरसहित तीन पक्राउ

लहान । लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका-५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाद्वारा ललितपुरको कुम्भेश्वर मन्दिर उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए । उनका अनुसार २०७२ सालको महाभूकम्पले भत्काएको मन्दिरको तीन तला भत्काएर …

पुरा पढ्नुहॊस »

मेगा क्यापिटल मार्फत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को आजदेखि बिक्री खुला

मेगा क्यापिटल मार्केट्सको व्यवस्थापनमा पहिलो म्युचुल फण्ड निष्काशन भएको छ। क्यापिटलले मेगा म्युचुअल फण्ड १ आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाई मध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सयले बह्दर प्रतितोला ९१ हजार २ सयमा  कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रहेको छ । त्यसैगरी चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले   बढेको प्रतितोला ११९५मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

डिशहोम फाइबरनेट सेवा बनेपामा

डिशहोम फाइबरनेट सुविधा काभ्रेको बनेपा बजारमा पनि पुगेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगरमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । निकट भविष्यमै पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायतका शहरमा पुग्ने जनाएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम जीओ एप र एक्स्भीओडी जस्ता सुविधाहरु …

पुरा पढ्नुहॊस »

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाडाैं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेकाे छ । यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नबिल बैंक मार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्सट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एक्सेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन ।

पुरा पढ्नुहॊस »

थप ३ हजार ७५ जनामा कोरोना संक्रमण

काठमाडाै ।अाज   नेपालमा थप ३ हजार ७५ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज  ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ३३ जनाको मृत्यु भएको छ भने २१२६ संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:३ प्रतिशत रहेका छ । आज १६ हजार ४३८ नमुना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

अब कनेक्ट आईपीएसबाट राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी गर्न सकिने

राष्ट्रिय बीमा संस्थानका ग्राहकले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन्। एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीको उपस्थितिमा उक्त अन्लाईन भुक्तानी सेवाको थालनी गरिएको हो।

पुरा पढ्नुहॊस »