यूनाईटेड आईडी मार्दी एण्ड आरबि हाइड्रोपावरको नाफा बढ्यो

काठमाडौं । यूनाईटेड आईडी मार्दी एण्ड आरबि हाइड्रोपावरले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ  ।

अघिल्लो ४ करोड १४ लाख ९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले आवमा ४ करोड ६० लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा २७.५२ प्रतिशतले बढेको छ आर्थिक वर्ष २०७७÷७८ मा   १३ करोड ४५ लाख ८ हजार रुपैयाँ  विद्युत बिक्री आम्दानी  गरेको छ   अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड ५४ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको छ भने  जगेडा तथा कोषमा ८ लाख ४८ हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँ २० पैसा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस