काठमाडौं । ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ५.५ प्रतिशत बोनस शेयर बिहीबार समायोजन गरेको हो।
उक्त बैंकको साधारण सभाका लागि बैंकले शेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य २४१.७१ रुपैयाँ कायम गरिएको छ । यसअघि अर्थात अन्तिम कारोबार दिन बिहीबार बैंकको शेयरमूल्य प्रतिकित्ता २५५ रुपैयाँ थियो ।
समायोजन गरिएको मूल्यबाट आइतबारदेखि नै शेयर कारोबार हुनेछ ।
प्रतिकृया दिनुहॊस