मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु

उदयपुर।उदयपुर बेलका नगरपालिका ५ गलेनीमा पुर्वतर्फ जादै गरेको प्रदेश १-०२-०४१ प १८०८ नम्बरको मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ८० बर्षीय राम बहादुर श्रेष्ठ रहेका छन् ।
आइतबार  बेलुका ठक्करबाट  गम्भिर घाईते भएका श्रेष्ठको धरान घोपामा उपचारको क्रममा  मृत्यु भएको हो । मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुमका का २४ बर्षीय रोयल कुमार चौधरी र पछाडी सवार सोही स्थानका २४ बर्षीय सुरज कुमार चौधरी समेत समान्य घाईते भएका छन् ।
स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात मोटरसाईकल चालक र मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस