रश्मी

गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिशतसम्मको छुट

काठमाडौं । गरिमा विकास बैंक र आगन्तुक रिर्सोट हाेटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधामा आर्कषक छुट दिने सम्झौता भएकाे छ । गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले  बनेपामा रहेको आगन्तुक रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउनेछन् ।

पुरा पढ्नुहॊस »

नबिल बैंकको आकर्षक दशैं अफर

काठमाडौं । नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६प्रतिशत ब्याजदर (०.५प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिनेछ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको …

पुरा पढ्नुहॊस »

मेगा बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता

काठमाडौं  । मेगा बैंक र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको  छ। सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् । आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड …

पुरा पढ्नुहॊस »

ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

सुनसरी।सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । को १ ख ५४५१ नम्बरको ट्रिपरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

काठमाडौं  । ग्लोबल आइएमई बैंक   र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा वृक्षारोपण कार्यक्रमको सुरुवात गरेका हुन्। विश्वविद्यालय क्याम्पस, जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्र्तगत विभागीय भवनदेखि मूल सडकसम्म करिब १०० चाँप, धुपी तथा विभिन्न प्रजातीका विरुवाहरु रोपण गरी विरुवाको …

पुरा पढ्नुहॊस »

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं  ।बुधबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४० दशमलव २६ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार    नेप्से ४० दशमलव २६  अङ्कले घटेर २  हजार ८८९ दशमलव ३  बिन्दुमा आइपुगेको छ । स्टकका  अनुसार आज कुल २२२ कम्पनीका १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर खरिद बिक्रिबाट ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५० रुपैयाँ ५४ पैसा बराबरको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले चैनपुर नगरपालिकाका युवालाई सहुलियपूर्ण कर्जा दिने

काठमाडौं  ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् तथा  संखुवासभाको चैनपुर नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका छन्। सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम संचालन गर्नेछ । त्यसपछि बैंकले …

पुरा पढ्नुहॊस »

आइफोन १३ सिरिजका ४ मोडल सार्वजनिक

काठमाडौं  ।एप्पलले आइफोन १३ सिरिजका चारवटा मोडल सार्वजनिक गरेको छ । यसमा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स समावेश छन् । आइफोन १३ मिनी र आइफोन १३ लाई एउटै श्रेणीमा राखिएको छ ।

पुरा पढ्नुहॊस »

काठमाडौंमै बोक्सी भन्दै महिलामाथि कुटपिट,श्रीमान्‌सहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौँको स्वयम्भुमा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीले पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डेलाई पक्राउ गरेको  हो । प्रहरीका अनुसार पेट दुख्ने समस्या भएको महिलाको समस्या समाधानको लागि भन्दै ती महिलाको श्रीमानले धामी दिपेन्द्रकुमार थिङकोमा पुर्‍याएका थिए । उनीहरुले भदौ २० गते स्वयम्भुस्थित एक होटेलमा महिलालाई झारफुक गर्ने भन्दै कुटपिट गरेका थिए।

पुरा पढ्नुहॊस »

हिमाल सागरको ‘एकादेशको कथा’

गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । गीतमा श्याम पराजुलीको शब्द र संजय हमालको संगीत संयोजन छ । दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको भिडियो प्रविन मानन्धरले सम्पादन गरेका हुन् भने भिडियोमा पूर्ण लम्साल र लक्ष्मी ओलीलाई देख्न सकिन्छ ।

पुरा पढ्नुहॊस »