काठमाडाैं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९६२ बराबरको आर्थिक सहयोग गरेको हो । अस्पतालमा भएको उक्त वार्ड जिर्ण भएकोले सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेकोले बैंकले उक्त वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको हो । बैंकका तर्फबाट …
पुरा पढ्नुहॊस »थप २ हजार ४३३ जनामा कोरोना संक्रमण
काठमाडाै । आज नेपालमा थप २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २६ जनाको मृत्यु भएको छ भने १९२९संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर ९४:१ प्रतिशत रहेका छ । आज १४ हजार ३७४ नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »हरिवंश आचार्यको ए कालु भेना’
हाँस्य कलाकार तथा गायक हरिवंश आचार्यले ए कालु भेना’ बोलको गीत सार्वजनिक गरेका छन् । हरिवंशकै स्वर, शब्द तथा संगीतमा रहेको यो गीतमा गायिका मिलन नेवारले साथ दिएकी छिन् । गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा, आर्यन खरेलले अभिनय गरेका छन् । https://youtu.be/8vYtaoM-ZBE
पुरा पढ्नुहॊस »गौरिका सिंहलाई कोरोना संक्रमण
काठमाडौं । ओलम्पियन पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन् । गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उनलाइ कोरोना संक्रमण भएको हो ।
पुरा पढ्नुहॊस »प्रधानमन्त्री देउवाद्वारा गायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्यक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गायक जेबी टुहुरे’को निधनप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले स्वर्गीय गायकको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । गायक ‘जेबी टुहुरे’को उपचारका क्रममा आज बयोधा अस्पतालमा ७८ वर्षको उमेरमा उनको निधन भएको हो ।
पुरा पढ्नुहॊस »बिहीबार नेप्से परिसूचक १७ दशमलव ४६ अङ्कले बढ्यो
काठमाडौं । बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ४६ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से १७ दशमलव ४६ अङ्कले बढेर ३ हजार ९३ दशमलव ९० बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल २३२ कम्पनीका २ करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
पुरा पढ्नुहॊस »कुवेतको एआई मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेसबीच रेमिट्यान्स कारोबार सुरु
काठमाडौं । कुवेतको ख्यातिप्राप्त एआई मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । कुवेतमा रहेका नेपालीहरुले एआई मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ। यसका साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाइल वालेटमा लोड गर्न सकिन्छ।
पुरा पढ्नुहॊस »मेगा म्युचुअल फन्ड–१ मा आवेदन दिने म्याद आज सकिदैं
काठमाडौं ।मेगा बैंकको सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लिमिटेडबाट सञ्चालित मेगा म्युचुअल फन्ड–१ का इकाइहरु खरिदका लागि आवेदन दिने आज सकिदैं छ । कोष प्रवर्द्धक मेगा बैंक नेपाल र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरु गत भदौ ४ गतेदेखि बिक्री खुला गरिएको थियो। यस योजनामा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ …
पुरा पढ्नुहॊस »“लाखौ का लागि उजाड छ यो देश मुठ्ठी भरलाई त स्वर्ग छ”जनगायक जेवि टुहुरेको निधन
जनपृय जनगायक जेवि टुहुरे को निधन भएको छ । उनको उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको हो ।उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । २०० भन्दा बढी जनपक्षीय गीत गाएका टुहुरेका ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ लगाएत थुप्रै गीतहरु चर्चित रहेका छन् ।
पुरा पढ्नुहॊस »प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
विराटनगर ।प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका हुन।
पुरा पढ्नुहॊस »