रश्मी

कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं ।नेपाली कांग्रेसका युवा  नेता गगनकुमार थापाले कांग्रेसको  आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए ।

पुरा पढ्नुहॊस »

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर लिलाम बिक्रीमा

मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको केही शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। फाइनान्सले ९ हजार १८७ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्। शेयरमा भदौ १५ गतेदेखि २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलकबोल पेश गर्नुपर्नेछ। लगानीकर्ताले एनआईबिएल …

पुरा पढ्नुहॊस »

अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आँधी

अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ। मौसमविद्हरूले आइडा अलिकति कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन्। तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएका छन्। दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना

ग्लोबल आइएमई बैंकले  कुशेऔँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ। मोबाइल बैंकिङएप्लिकेसन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो। यस क्यासब्याक योजनाअन्तर्गत भदौ २१ र कुशेऔँशीको दिन २२ गते बुबाके लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट गु फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ३०० सम्म) क्यासब्याक पाइनेछ। …

पुरा पढ्नुहॊस »

थप १ हजार ३८८जनामा कोरोना संक्रमण

काठमाडाै । आज नेपालमा थप  १ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३८८जनामा संक्रमण पुष्टि भएको हो । आज थप १४ जनाको मृत्यु भएको छ भने  २६६० संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १०हजार २९७नमुना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

नेप्सेमा थपियो १.९१ लाख बढी कित्ता सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज १ लाख ९० हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल १ लाख ९१ हजार ५२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

पुरा पढ्नुहॊस »

सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च

सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा पानीको बहाब २ लाख ५६ हजार …

पुरा पढ्नुहॊस »

आइतबार नेप्सेमा ४९ दशमलव १८ अङ्कको पहिरो

काठमाण्डाै ।आइतबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४९ दशमलव १८ अङ्कले घटेको  छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से ४९ दशमलव १८ अङ्कले घटेर  ३ हजार ४४  दशमलव ८७   बिन्दुमा झरेको  छ । स्टकका  अनुसार आज कुल २२७  कम्पनीका २ करोड ४६ लाख ५  हजार ९८४    कित्ता शेयर १५  अर्ब ४८  करोड ३६  लाख ८७   हजार ९४४   रुपैयाँ ५० पैसामा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

कर्णाली करिडोरमा जिप दुर्घटना, चालकको मृत्यु

कर्णाली करिडोर अन्तर्गत सान्नीत्रीवेणी–२ को आम्तडामा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ११ जना यात्रु घाइते भएका छन । शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क१ज ३२ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालक बिक्रम गिरीको मृत्यु भएको  प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ६ जनाको अवस्था भने समान्य रहेको छ

पुरा पढ्नुहॊस »

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा।झापा कमल गाऊपालिका ४ चुलाचुलिमोड स्थित पुर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका ६ का ५० बर्षीय हेमसागर थापा रहेका छन् । पश्चिम जादै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा थापाको मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »