रश्मी

१ नम्वर : प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा राजीनामा

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका  छन्  । उनले  बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् ।पार्टी एकतालाई बचाउन राजिनामा  दिएकाे राईकाे बताएका छन् । शेरधन  राईले संसदीय  दलको नेताबाट राजीनामा दिएलगत्तै एमालेको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । आचार्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी रहेको छ ।

पुरा पढ्नुहॊस »

जीवन विकास लघुवित्तको सेयर मुल्य ५ हजार नाघ्यो एक महिनामै १ हजार लगानीको ५० हजार प्रतिफल

काठमाडौं ।१ महिना अगाडी मात्रै  बजारमा कारोबार आएको जीवन विकास लघुवित्तको सेयरभाउ प्रतिकित्ता ५ हजार नाघेको छ । दोस्रो बजारमा आजसहित १७ दिनको कारोबारमै यो लघुवित्तको सेयर उकालो लागेर ५ हजार १९८ रुपैयाँ पुगेको छ।आजमात्रै सेयरभाउ प्रतिकित्ता ४७२ रुपैयाँले बढेको छ।

पुरा पढ्नुहॊस »

थप २ हजार ४८२ जनामा कोरोना संक्रमण,४४ जनाको मृत्यु

काठमाडाै । बुधबार नेपालमा थप  २ हजार ४८२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ४४ जनाको मृत्यु भएको छ भने  १७८१ संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १५ हजार २९० नमुना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

बुधबार नेप्सेमा ४८ दशमलव १२ अङ्कको पहिरो

काठमाण्डाै । बिहीबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव १२  अङ्कले घटेको  छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से ४८ दशमलव १२   अङ्कले घटेर  ३ हजार ७६  दशमलव ४४  बिन्दुमा झरेको  छ । स्टकका  अनुसार आज कुल २२७  कम्पनीका १ करोड ९५   लाख ९९  हजार ८९   कित्ता शेयर १२  अर्ब ९   करोड २१ लाख ३   हजार ५०४  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकमा काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना २७ जना घाइते

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको अरनिको यातायतको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको छ।दुर्घटनामा परि  घटनास्थलमा  नै दुई जनाको  मृत्यु भएको  छ भने २७  जना  घाइते भएका छन् । घाइतेहरुलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा हालेर उपचारका लागि खाडिचौरको सदावहार अस्पताल र धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।घटनाको विस्तृत विवरण आइसकेको छैन् ।

पुरा पढ्नुहॊस »

लागूऔषध सहित मोरङबाट एक जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ मा रहेको  १ नम्बर ढाँटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २० बर्षीय निखिल राय रहेका छन् । मंगलबार  लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरेको हो  । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको …

पुरा पढ्नुहॊस »

खल्तीको क्यासब्याक अफरमा राम्राे टिकटक भिडियो बनाउनेलाई ५ हजार

काठमाडाैं । खल्ती डिजिटल वालेटले खल्तीको १०% क्यासब्याक अफरमा राम्राे टिकटक भिडियो बनाई ५ हजार जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो । यस प्रतियोगिताको उत्कृष्ट ३ भिडियोहरुले ५००० नगद पाउनेछन् । च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १०%क्यासब्याकलाई रमाइलो ढंग मा भिडियो मार्फत् देखाउन सक्नेछन् । खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ …

पुरा पढ्नुहॊस »

टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट धनुषामा एक वृद्धाको मृत्यु भएको छ। धनुषाको विदेह नगरपालिका तिनकौरिया बजार स्थित टिपर ब्याक गर्ने क्रममा पछाडिको भागबाट ठक्कर लागेर वृद्धाको मृत्यु भएको हो। दुहबीबाट जनकपुरधाम आउने क्रममा ना २ प ७३७ नम्बरको टिपरले बिदेह नगरपालिका वडा नं. ६ घर भएकी आन्दाजी ६० वर्षीया रामप्यारी मण्डललाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं ।बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा  ३ सयले घटेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय  रहेको छ । त्यसैगरी चाँदीको मूल्य आज तोलामा  १० रुपैयाँले बढेर प्रतितोला १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट् ल्याबरोटोरीमा २० प्रतिशत छुट पाउने

काठमाडाें । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंकले जावलाखेलस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त सम्झाैतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब  मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २० …

पुरा पढ्नुहॊस »