काठमाडौं । बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ४६ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से १७ दशमलव ४६ अङ्कले बढेर ३ हजार ९३ दशमलव ९० बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कुल २३२ कम्पनीका २ करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया



