News desk

सुन प्रतितोला ६० हजार ३ सयमा कारोबार

काठमाडाैं । सोमबार प्रतितोला ६० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।हिजोको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

पुरा पढ्नुहॊस »

सिनामंगलमा फेला पर्‍यो बेवारिसे शव

काठमाडौं । काठमाडौंको सिनामंगलमा बेवारिसे शव फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलको गोल्डेन गेटसँगैको कल्भर्ट मुनि शव फेला परेको हो । शव पुरुषको भए पनि पहिचान नभएको घटनास्थलमा रहेका इन्सपेक्टर शैलेन्द्र कुमार भट्टले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमा राखिने भएको छ । प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहका अनुसार उनको छातिमा संक्रमण देखिएको छ । रुघा खोकीसँगै ज्वरो बढेपछि गए राति प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल पुर्‍याइएको थियो । उनको हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सिसियुमा राखेर उपचार भइरहेको छ । सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम श्रेष्ठद्वारा जारी विज्ञप्तीमा ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको …

पुरा पढ्नुहॊस »

२०१९ को आइकाओ क्षेत्रीय सम्मेलन नेपालमा हुने

काठमाडाैं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)ले एसिया प्यासेफिक क्षेत्रको सम्मेलन अर्को वर्ष नेपालमा आयोजना गर्ने भएको छ । आइकाओले प्रत्येक वर्ष सदस्य राष्ट्रका नागरिक उड्डयन नियमक संस्थाका प्रमुखहरु सम्मिलित सम्मेलन आयोजना गर्छ । यो वर्ष फिजीमा भएको सम्मेलन अर्को वर्ष नेपालमा हुने नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए । हवाई उद्योगको सुरक्षा, नेभिगेसन, उडान, पूर्वाधार तथा आधुनिकीकरणका विषयमा छलफल हुने यस्तो सम्मेलनमा विश्वभरबाट ३ सय बढी सहभागी हुने …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री भेट्न प्रचण्डसहितका ने क पाका शीर्ष नेता अस्पतालमा

काठमाडाैं । स्वास्थ्य अवस्थामा थप समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का शीर्ष नेताहरु अस्पताल पुगेका छन् । ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरु शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए । यस्तै, ने क पाका महासचिव विष्णु …

पुरा पढ्नुहॊस »

‘वैशैं बेइमानी’मा यस्तो छ मेलिनाको नाच (भिडियोसहित)

काठमाडाैं । गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । मेलिनाकाे ‘वैंशै बेइमानी’ बोलको गीत सार्वजनिक गरिएको हो । तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पुर्वेली मारुनी भाकामा तयार पारिएको छ । गीतमा राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ । राजनराजको संगीतमा धेरै फिल्ममा स्वर दिएकी मेलिनाको फिल्म बाहेकको गीतमा राजनराजसँग पहिलो सहकार्य हो । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका मेलिना राई …

पुरा पढ्नुहॊस »

देशैभरी चिसो बढ्यो, काठमाडौंमा ८ डिग्रीमा झर्‍यो तापक्रम

काठमाडाैं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको हो। उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो। धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद्हरूले बताएका छन्। अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ …

पुरा पढ्नुहॊस »

‘रोज’को प्रदर्शनका लागि हङकङ पुगिन् मिरुना

काठमाडाैं । भदौ २२ मा नेपालमा प्रदर्शनमा आएको सिनेमा ‘रोज’ हङकङमा प्रदर्शन हुने भएको छ । सिनेमा प्रदर्शनको लागि नायिका मिरुना मगर हङकङ पुगेकी छिन् । हङकङ स्थित ग्राण्ड ओसन सेन्टरमा अक्टोबर २८ मा प्रदर्शन हुँदैछ । हङकङमा सिनेमालाई किङ्स इभेन्ट्स हङकङले प्रदर्शन गर्न लागेको हो । प्रदीप खड्का, मिरुना मगर र परमिता आरएल राणाको मुख्य भूमिका रहेको फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन् । फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही …

पुरा पढ्नुहॊस »

आवेदक सबैलाई आँखुखोलाको शेयर

काठमाडौं । आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ)वितरण गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको बाँडफाँट गरेको हो । कूल ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आवेदनमा भएको कमजोरीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ता भने रद्द गरिएको …

पुरा पढ्नुहॊस »

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न सर्विया इच्छुक

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गरेका छन् । सर्विया भ्रमणमा रहेका मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीचको भेटवार्तामा मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । ‘युरो–एसिया इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्विया पुगेका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशका बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमासमेत कुराकानी भएको …

पुरा पढ्नुहॊस »