२०१९ को आइकाओ क्षेत्रीय सम्मेलन नेपालमा हुने

काठमाडाैं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)ले एसिया प्यासेफिक क्षेत्रको सम्मेलन अर्को वर्ष नेपालमा आयोजना गर्ने भएको छ । आइकाओले प्रत्येक वर्ष सदस्य राष्ट्रका नागरिक उड्डयन नियमक संस्थाका प्रमुखहरु सम्मिलित सम्मेलन आयोजना गर्छ ।

यो वर्ष फिजीमा भएको सम्मेलन अर्को वर्ष नेपालमा हुने नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए । हवाई उद्योगको सुरक्षा, नेभिगेसन, उडान, पूर्वाधार तथा आधुनिकीकरणका विषयमा छलफल हुने यस्तो सम्मेलनमा विश्वभरबाट ३ सय बढी सहभागी हुने छन् ।

उक्त सम्मेलन नेपालले आयोजना गर्दा अन्तर्राष्ट्रिय समुदायमा नेपालको एक्सपोजर बढ्ने गौतमले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस