News desk

अर्थ समितिकाे सरकारलार्इ निर्देशन- दशैँमा उपभोक्तालाई सुपथ मूल्यका वस्तु उपलब्ध गराऊ

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले दसैँमा सुपथ मूल्यका बस्तु उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दसैँ, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका बस्तु सहज रुपमा उपभोक्तालाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । सुपथ मूल्य पसलको दायरा बढाएर उपभोक्तालाई सहज रुपमा बस्तु र सेवा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । समितिले दसैं, …

पुरा पढ्नुहॊस »

तनहुँ जलविद्युत् आयोजनाः प्रभावितलार्इ दिइयाे डेढ करोड मुआब्जा

दमौली । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।  आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका-५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले जानकारी दिए । प्रभावित ६२ परिवारमध्ये १२ परिवारले मुआब्जाबापतको रकम बुझेका छन्। आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ …

पुरा पढ्नुहॊस »

चलचित्र छक्का पञ्जा -३ ले पायो सर्वाधिक शो!

काठमाडौं । यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते  घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रदर्शनका लागि एक दिन मात्र बाँकी रहेका बेला चलचित्र युनिटले अग्रिम टिकट बुकिङ खुल्ला गरेको  हो । काठमाडौं उपत्यकाका ८५ भन्दा धेरै मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ गर्न सकिने छ । दर्शकलाई चलचित्र हेर्न सहज होस भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको …

पुरा पढ्नुहॊस »

सुन प्रतितोला ५८ हजार ९ सयमा कारोबार

काठमाडाैं । सुन आज प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन प्रतितोला ५९ हजार रुपयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घटेको हो । चाँदी आज प्रतितोला ७४० रुपैयाँ कायम भएको छ । हिजो पनि ७ सय ४० रुपैयाँमा नै कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बझाङमा जीप दुर्घटना, २ को मृत्यु, १२ जना घाइते

काठमाडाैं । बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाकाे ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा चालकसहित १४ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले दुर्घटनाको पुष्टि गर्दै कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको ज्यान …

पुरा पढ्नुहॊस »

‘हजार जुनीसम्म’मा पक्का भयो आर्यन र प्रियंकाको जोडी

काठमाडाैं । निर्माता तथा निर्देशक विकाश राज आचार्यले निमार्ण गर्ने नयाँ फिल्म ‘हजार जुनीसम्म’ अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीललाई जोडी बनाउने तय भएको छ । फिल्ममा नायिका स्वस्तिमा खड्का यसअघि नै तय भइसकेकी छिन् । निर्देशक आचार्यले फिल्मका लागि प्राय मुख्य कलाकारहरुको छनोट सकिएको बताएका छन् । उनीहरूका अलावा फिल्ममा  सलोन बस्नेत र नव कलाकार अर्की प्रधानलाई मुख्य कलाकारमा अनुबन्धित भएका छन् ।सिनेमालाई विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर …

पुरा पढ्नुहॊस »

प्रशन्ना र आनन्दको स्वरमा ‘फूलमा देख्छु तिमी नै’ सार्वजनिक

काठमाडाैं । नवगायिका प्रशन्ना पाण्डेले वरिष्ठ गायक आनन्द कार्कीसँग युगल गायन गरेको ‘फूलमा देख्छु तिमी नै’ बोलको गीत सार्वजनिक गरेकी छन् । हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानितसमेत भएकी उनले दसैंको अवसरमा ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत कोशेली ल्याएकी हुन् । गीतमा गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतको भिडियोमा  रिमा बिश्वकर्मा र कुमार रेग्मीले अभिनय गरेका छन् । भिडियोलाई …

पुरा पढ्नुहॊस »

नेपालको फराकिलो जित, भुटान ३३ रनमा समेटियो

काठमाडौं । नेपाली बलरहरुले किफायती बलिङ गरेपछि आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायरको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको फराकिलो जित हात पारेको छ । १५१ रनको लक्ष्य पछ्याएको भुटानलाई नेपालले ३३ रनमै अलआउट गर्‍यो । नेपालको धारिलो बलिङ सामु खुलेर खेल्न नसकेको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर ३३ रन मात्र बनाउन सक्यो । १६ रन हुँदा ९ विकेट गुमाएको भुटानले दशौँ विकेटका लागि १७ रनको साझेदारी गरेको थियो । नेपालका …

पुरा पढ्नुहॊस »

सान्जेन जलविद्युत आयोजनाको पावर हाउस निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने

रसुवा । रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत आयोजनाको पावर हाउसको निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने भएको छ । सुरुङ निर्माण तथा पेनस्टक निर्माणको काम सकिएकाले पावर हाउसको काम सुरु गर्न लागिएको हो । सुरुङको सर्पोट र ढलान गर्ने कार्य सकिएको आयोजना प्रमुख सुदन सिंह महतले बताए । ‘आयोजनामा अहिले हाइड्रोमेकानिकलको काम भइरहेको छ, उनले भने, आगामी चैतसम्ममा हेडबक्सको काम सकिन्छ ।’ जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज …

पुरा पढ्नुहॊस »

कुलमानको अर्को कदम : कर्मचारीसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउने र विद्युत चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण संचालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र संचालक भक्तबहादुर पुनको उपस्थितिमा नेपालगंज क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्रका प्रमुखसँग नेपालगञ्जमा कार्यसम्पादन सम्झौता गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds