News desk

कांग्रेस महासमिति बैठकको तयारी तीव्र

काठमाडाैं । नेपाली कांग्रेसले महासमिति बैठकको तयारी तीव्र बनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा बैठक आयोजना गर्ने निर्णय गरेको उसले मञ्च तथा प्रचार प्रसार, भोजन, स्वयंसेवक र स्थानीय व्यवस्थापन सचिवालय उपसमिति बनाएको छ । मंगलबार बसेको बैठकले भक्तपुरका सचिव उद्धव सिलवालको नेतृत्वमा भोजन व्यवस्थापन उपसमिति बनाएको छ । यस्तै, काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति बनेको छ । ललितपुरका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन र भक्तपुरका …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री अाेलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडाैं । सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई भर्ना गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आज बिहान गरिएको उनको रगत परीक्षण र छातीको एक्सरेको रिपोर्ट सकारात्मक आएको जनाएको छ । प्रधानमन्त्रीको उपचारमा प्रा.डा. अरूण सायमी नेतृत्वको चिकित्सकीय टोली संलग्न छ । प्रधानामन्त्री स्वास्थ्य सुधारोन्मुख भएपछि केही भिभिआइपी र आफन्तलाई उनीसँग भेटघाट गर्न दिइएको छ । …

पुरा पढ्नुहॊस »

विप्लवले खुलामञ्चमा संवोधन गर्ने, कार्यक्रममा वैद्यलाई पनि निम्तो !

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ। भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो। सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ। यो खबर आजको समाचारपत्र दैनिकमा प्रशान्त ओलीले लेखेका छन्। हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिनअघि नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि …

पुरा पढ्नुहॊस »

जेलबाटै यसरी चल्दोरैँछ समीरको आपराधिक सञ्जाल

काठमाडाैं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समीरमान सिंह बस्नेतले जेलबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ। प्रहरीले सोही हत्या अभियोग लागेका तीनजनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको हो। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र अरु केही निर्माण व्यवसायी रहेको प्रहरीको दाबी छ। बस्नेत समूहबाट फोन आउन थालेपछि निर्माण …

पुरा पढ्नुहॊस »

निर्मला पन्त बलात्कार र हत्या प्रकणः आसपासका सयौँको डिएनए परीक्षण गर्ने तयारी

काठमाडाैं । निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ। घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण गर्न लागिएको छ। अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले …

पुरा पढ्नुहॊस »

भारतले पानी थुनिदियो, विद्युत उत्पादन ठप्प

काठमाडाैं । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ गुठी सुरजपुरामा रहेको गण्डक जल विद्युत केन्द्रबाट उत्पादन ठप्प भएको छ। भारतले गण्डक नहरमा पानी बन्द गरेपछि १५मेगावाट क्षमताको विद्युत् उत्पादन ठप्प भएको हो। यो खबर अजको नयाँ पत्रिका दैनिकमा नवलपरासीबाट ज्ञानु पंगेनीले लेखेकी छन्। भारत सरकारले नहर मर्मत र सरसफाईका लागि प्रत्येक वर्ष ४० दिनसम्म पानी रोक्ने गर्ने गरेको छ । अहिले २५ अक्टुबरदेखि भारतले नहरमा पानी बन्द गरेपछि उत्पादन हुन छाडेको पावर हाउसका …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगारीमा मलेसिया जान अब ५ हजार ८०० रुपैयाँमात्र

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५ हजार ८०० रुपैयाँमात्र खर्चिए पुग्ने भएको छ । नेपाल र मलेसिया सरकारबीच सोमबार काठमाडौंमा भएको दुई पक्षीय समझदारीले डेढ लाखसम्म खर्चनुपर्ने बाध्यता हटाएको हो । समझदारीमा ‘सरकारलाई बुझाउने श्रमिक कल्याणकारी कोषको एक हजार र बिमाको ४ हजार ८२५ रुपैयाँबाहेक सबै खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधन मन्त्री कुला सेगरनले समझदारीपत्रमा …

पुरा पढ्नुहॊस »

रियाल मड्रिडका प्रशिक्षक लोपेतेगुई बर्खास्त

काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडले प्रशिक्षक युलेन लोपेतेगुईलाई बर्खास्त गरेको छ । क्लबको प्रदर्शन लगातार खस्किएपछि ४ महिना अघि मात्रै नियुक्त गरिएका प्रशिक्षक लोपेतेगुईलाई जिम्मेवारीबाट हटाइएको हो । रुसमा विश्वकप फुटबल सुरु हुन १ दिन मात्रै बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेतेगुईले त्यसयता रियाल मड्रिड सम्हालेका थिए । रियाल हाल स्पेनिस ला लिगाको अंक तालिकाको नवौं स्थानमा छ । आइतबार राति भएको बार्सिलोना विरुद्धको खेलमा …

पुरा पढ्नुहॊस »

जर्मन चान्सलरद्वारा नेतृत्व छोड्ने घोषणा

काठमाडाैं । जर्मन चान्सलर एन्गेला मर्केलले उहाँको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने सोमबार घोषणा गर्नुभएको छ । उहाँलाई निर्वाचित गराएको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको अवस्थामा पुनः नेतृत्वको दावी गर्नु गलत हुने निश्कर्षकासाथ उहाँले नेतृत्वबाट बाहिरिने घोषणा गर्नुभएको हो । जर्मनीलाई विगत १३ बर्षदेखि राजनीतिक नेतृत्व दिइरहनुभएकी नेतृ मर्केलले आफ्नो दलको मुख्यालयमा सञ्चारकर्मीसँग भन्नुभयो, “अब नयाँ अध्यायको शुरू गर्ने बेला भएको छ ।” मर्केलले नेतृत्वबाट आफ्नो विदाइसँगै क्रिश्चियन …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारी चार दिने भ्रमणका लागि कतार प्रस्थान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी चार दिने भ्रमणका लागि आज कतार प्रस्थान गरेकी हुन् । उनी १५ गते नेपाल फर्कने छिन् । भ्रमणमा राष्ट्रपतिसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि कतार प्रस्थान गरेका छन् । भ्रमणका क्रममा स्वास्थ्य, कृषि, सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सरकारको तयारी छ ।

पुरा पढ्नुहॊस »