News desk

सहमतीबाट पछि हट्यो भारतः नयाँ हवाई रुट थप्न अस्वीकार

काठमाडाैं । नेपालाई चारवटा अवाई रुट थप्न असार पहिलो साता काठमाडौंमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ। प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्केका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्। ‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेन,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्रीकै तहको बार्तामा फर्केको छ। प्राविधिकको बार्ताबाट टुंगिएन।’ …

पुरा पढ्नुहॊस »

प्रेम विवाहको एक महिनामै सम्बन्ध विच्छेदको उजुरी

सप्तरी । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् । सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । नशालु मादक पदार्थ सेवन गरी श्रीमान डाक्नेश्वरी नगरपालिका–३ का राकेशकुमार रायले मानसिक र शारिरीक यातना दिने गरेकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको साहले बताइन् ।

पुरा पढ्नुहॊस »

जर्मनीमा विमान दुर्घटना तीनकाे मृत्यु, पाँच घाइते

काठमाडाैं । जर्मनीमा निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन् । बिमान चालक भने सामान्य घाइते भएका छन् । विमानस्थलबाट विमानले उचाई लिने क्रममा एक्कासी …

पुरा पढ्नुहॊस »

बडादशैँको छैटौँ दिन : अाज कात्यायनीको अाराधना गरिँदै

काठमाडौं । बडादशैँको छैटौँ दिन सोमबार भगवती दुर्गाकी छैटौँ रूप कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ । कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको पुराणमा उल्लेख छ । कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । यिनै सिंहवाहिनी कात्यायनीले महिषासुरको …

पुरा पढ्नुहॊस »

एनआरएनएले एक करोड एलईडी बल्ब बाड्ने

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुई वर्ष भित्र नेपालमा एक करोड एलईड लाईत वितरण गर्ने भएको छ । तीन सय मेगावाटको विद्युत बचत गर्ने उद्देश्यसहित एनआरएनएले एक करोड बल्ब वितरण गर्ने भएको हो । एनआरएनएले आइतरबार काठमाडौंमा आयोजना गरेको पहिलो एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन अन्तर्गतको दिगो ऊर्जा विषयक सत्रमा एनआरएनए ‘उज्यालो नेपाल’ अभियानका संयोजक डा. बद्री केसीले दुई वर्षभित्र सरकारसँगको सहकार्यमा एक करोड एलईडी बल्ब वितरण गर्न लागिएको जानकारी दिएको …

पुरा पढ्नुहॊस »

पोल्याण्डविरुद्ध इटलीको संघर्षपूर्ण जित

काठमाडाैं । यूईएफए नेशन्स लिग ए अन्तर्गत इटलीले पोल्याण्डविरुद्ध १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको छ । पोल्याण्डको राष्ट्रिय रंगशालामा पाहुना टोलीले खेल आफ्नो पक्षमा पारेको हो । घरेलु टोलीले खेलको अन्तिमसम्म इटलीलाई रोकेको थियो । तर, अन्तिम मिनेटमा क्रिष्टियानो बिराघीले केभिन लासांगाको पासलाई सदुपयोग गरी इटलीलाई महत्वपूर्ण तीन अंक दिलाए । जितसँगै लिग ए को समूह तीनमा रहेको इटलीले शीर्ष स्थानको पोर्चुगलमाथि दवाब कायमै राखेको छ । तीन खेलबाट इटलीको ४ र …

पुरा पढ्नुहॊस »

अनाथालयलाई नेपाल बैंकको तीन लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले ललितपुरको धापाखेलमा सञ्चालित नवकिरण अनाथ असहाय बाल उत्थान समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत दसैँको अवसर पारि बाल उत्थानलाई तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । अनाथ समाजद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमकाबीच बैंक सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बाल उत्थान समाजका संरक्षक साईमाता सावित्री पोखरेललाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरे । अनाथ बालबालिकाहरु सेवामा सहयोग गर्न पाएकोमा अध्यक्ष …

पुरा पढ्नुहॊस »

साझाले सुरु गर्‍यो अनलाइन टिकट बुकिङ

काठमाडाैं । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था सुरु भएको छ । अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि ‘साझा यातायात डटकम डट एनपी’, ‘बससेवा डटकम’, ‘इसेवा डटकम डट एनपी’बाट सहजै टिकट काट्न सक्नेछन् । ‘ई-सेवा एकाउन्ट’ भएका यात्रुले सहजै आफ्नो मोबाइल …

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेश बैंकमा बचत खाता खोल्दा २५ ग्रामको चाँदीको सिक्का!

काठमाडाैं । नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाताअन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको सिक्का उपहार दिने विज्ञप्तिमा जनाएको छ । ग्राहकले निःशुल्क भिसा डेविट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ/एसएमएस अलर्ट, डिम्याट खाता, अन्तर शाखा कारोबार र सिआस्वा सेवा पाउने छन् । बैंकले १ वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुट पनि दिने …

पुरा पढ्नुहॊस »

बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली

बाँके । बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् । विसं २०४३ देखि घरको आँगन हुँदै राष्ट्रिय प्रशारण लाइन जोडिएपछि बत्ती बाल्ने आशा गरेका स्थानीयवासीको सपना पूरा भएसँगै खुशी भएका हुन् । सुगम जिल्लाको विकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामीण विद्युतीकरण अन्तर्गत विद्युत् विस्तारसँगै बिजुली बलेपछि स्थानीयवासी उत्साहित भएका छन् । सामुदायिक ग्रामीण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी …

पुरा पढ्नुहॊस »