News desk

दुई करोड महसुल उठ्न बाँकी

पोखरा । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४-७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ । सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइनसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिए । उनका अनुसार केन्द्रबाट उक्त आर्थिक वर्षमा सडक बत्तीबाहेक ९९.२४ प्रतिशत महसुल उठाइसकिएको छ । केन्द्रले सो अवधिमा विद्युत् बिक्रीबाट एक …

पुरा पढ्नुहॊस »

बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण

गोरखा । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया शुरु गर्न लागेको हो । आयोजनाको वरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको आयोजना प्रमुख कार्कीले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

जोकोभिच पेरिस मास्टर्सको तेस्रो चरणमा

एजेन्सी । दोस्रो वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिच पेरिस मास्टर्स टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगलका जोआ सौसालाई हराएर जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् । जोकोभिचले सौसामाथि ७ – ५ र ६ – १ को जित निकालेका थिए । यस बर्ष विम्बल्डन र युएस ओपन जितेका जोकोभिचले अब तेस्रो चरणमा बोस्नियाका दामिर जुम्हरसंग खेल्नेछन् । पेरिस मास्टर्स अन्तर्गत नै विश्व नम्बर एक …

पुरा पढ्नुहॊस »

अमेरिकाका कुख्यात ग्याङ्स्टार जेम्स ह्वाइटी बुल्जर कारागारभित्रै मृत भेटिए

काठमाडौं । अमेरिकाका कुख्यात ग्याङ्स्टार जेम्स ह्वाइटी बुल्जर वेस्ट भर्जिनियाको एउटा कारागारभित्रै मृत अवस्थामा फेला परेका छन् । फ्लोरिडा कारागारबाट अत्यन्तै कडा सुरक्षाका बीच वेस्ट भर्जिनियाको संघीय कारागारमा स्थानान्तरण गरेकै दिन ग्याङस्टार जेम्स मृत अवस्थामा फेला परेका हुन् । ८९ वर्षीय जेम्सको मृत्युबारे अनुसन्धाान भइरहेको कारागारका अधिकारीहरुले जनाएका छन् । कारागारमै रहेका अन्य कैदीहरुबाट उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । जेम्सलाई १६ वर्षको खोजीपछि सन् २०११ मा पक्राउ …

पुरा पढ्नुहॊस »

अस्पतालबाटै प्रधानमन्त्रीको सन्देश, भने- मेरो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाट प्रभावित नहुनुस्

काठमाडाैं । त्रिवि शिक्षण अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले  केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरे । ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी …

पुरा पढ्नुहॊस »

छुट्टा-छुट्टै स्थानमा भीरबाट लडेर दुई महिलाको मृत्यु

पार्वती ऐडी  बझाङ – जिल्लाको ताल्कोट गाँउपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्याउँला ल्याउन जंगल जानेक्रममा भीरबाट लडेर ताल्कोट गाँउपालिका ७ धामी गाँउकी ३३ वर्षिय जानकी धामीको मंगलबार बिहान मृत्यु भएको हो । भीरबाट करिब ३० मिटर तल खसेर घाइते भएकी धामीको जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालउ बझाङले जनाएको छ । यसैबीच बझाङमै घाँस काट्ने क्रममा भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको …

पुरा पढ्नुहॊस »

अन्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

काठमाडौँ । तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अन्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गरेकी छन् । दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका लगाउँदै आएकी अञ्जली दिदीले वसन्तपुरस्थित काष्ठमाण्डप भित्रको गोरखनाथ मन्दिर वरिपरि सबैलाई राखेर टीका लगाउँदै आएकी थिइन् । विसं २०५५ देखि टीका लगाउन सुरु गरेकी उनले अहिलेसम्म चार हजार पाँचसय नेपाली र २५० विदेशी दाजुभाइलाई टीका लगाइसकेकी छन् । ‘भूकम्प गएको तीनवर्ष बितिसक्दासम्म …

पुरा पढ्नुहॊस »

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०-२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो वाइडबडी ‘ए’ ३३०-२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमानले पुरानै गन्तव्यमा व्यावसायिक उडान गरिरहेको हो । अन्तर्राष्ट्रिय उडानमा पुरानै गन्तव्यमा उडान भर्दै आएका नयाँ विमानको पछिल्लो महीनामा ७४ प्रतिशत सिट भरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।  भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, …

पुरा पढ्नुहॊस »

दुई लाख घुससहित नापी कार्यालयका सर्वेक्षक पक्राउ

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको थियो । त्यही श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको बुझिएको छ । एक वर्षदेखि उक्त रकमका लागि …

पुरा पढ्नुहॊस »

प्रदर्शनको संघारमा ‘चंंगा चेट’को शिर्ष गीत रिलिज

काठमाडाैं । यहि कात्तिक १६ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘चंगा चेट’ को शिर्ष भिडियो गीत सार्वजनिक भएको छ । ‘चंगा चेट’ बोलको गीतमा कोशिस क्षेत्रीको शब्द, स्वर तथा संगीत रहेको छ । गीतको भिडियोमा सिनेमाका सबै कलाकारहरु देख्न सकिन्छ । दिपेन्द्र के खनाल निर्देशित सिनेमामा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, परमिता राज्यलक्ष्मी शाह, रविन्द्र झा, सुरक्षा पन्तको अभिनय रहेको छ । माधव वाग्ले र सर्मिला …

पुरा पढ्नुहॊस »