देशैभरी चिसो बढ्यो, काठमाडौंमा ८ डिग्रीमा झर्‍यो तापक्रम

काठमाडाैं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको हो। उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो। धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद्हरूले बताएका छन्। अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ डिग्रीमा झरेको छ।

शनिबारभन्दा आइतबार अझ तपक्रम घटेरे ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुने मौसमविद् अर्यालले बताए।

‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उनले भने, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ।’ तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ । यद्यपि, दिउँसोको समयमा भने तापक्रम केही बढी छ। काठमाडौंको अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुगेको थियो । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घट्दो रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ७ र अधिकतम तापक्रम २१ दशमलब १ डिग्री सेल्सियस थियो । वीरेन्द्रनगरको न्यूनतम तापक्रम ९ दशमलव ७ र अधिकम तापक्रम २९ दशमलव ४ डिग्री मापन गरिएको थियो । त्यस्तै, सिमराको न्यूनतम तापक्रम १४ र अधिकतम तापक्रम ३३ दशमलव ६ डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ।

धनकुटाको न्यूनतम तापक्रम १२ दशमलव ८ एक र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । पोखराको न्यूनतम तापक्रम १२ दशमलव २ र अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस