‘वैशैं बेइमानी’मा यस्तो छ मेलिनाको नाच (भिडियोसहित)

काठमाडाैं । गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । मेलिनाकाे ‘वैंशै बेइमानी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पुर्वेली मारुनी भाकामा तयार पारिएको छ । गीतमा राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ । राजनराजको संगीतमा धेरै फिल्ममा स्वर दिएकी मेलिनाको फिल्म बाहेकको गीतमा राजनराजसँग पहिलो सहकार्य हो ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका मेलिना राई आफै नाचेकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री