प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमा राखिने भएको छ । प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहका अनुसार उनको छातिमा संक्रमण देखिएको छ । रुघा खोकीसँगै ज्वरो बढेपछि गए राति प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

उनको हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सिसियुमा राखेर उपचार भइरहेको छ । सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम श्रेष्ठद्वारा जारी विज्ञप्तीमा ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पतालमा भर्ना गरिएको हो । विज्ञप्ति अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।  प्रधानमन्त्री ओलीलाई नेकपाका बरिष्ठ नेता र मन्त्रीहरुले अस्पताल पुगेर भेट गरेका छन् । अस्वस्थ भएपछि प्रधानमन्त्री ओली गत शनिबार पार्टीको चियापानमा सहभागि भएका थिएनन् ।

आइतबार वीर अस्पतालका डाक्टर दिलिप सिंहको टोलीले प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेको थियो । उनलाई चिकित्सकहरुले तीन दिन आराम गर्न सल्लाह दिएका थिए । तर ओलीले बालुवाटारमा आइतबार मन्त्रिपरिषद् बैठक गरेका थिए । यद्यपी उनी दश मिनेट मात्र बैठकमा सहभागिभ एका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस