आवेदक सबैलाई आँखुखोलाको शेयर

काठमाडौं । आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ)वितरण गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको बाँडफाँट गरेको हो । कूल ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

आवेदनमा भएको कमजोरीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ता भने रद्द गरिएको सिभिल क्यापिटलले जनाएको छ । सो कम्पनीको शेयरमा ८३ हजार ३१६ जना लगानीकर्ताले आवेदन दिएका थिए । कूल मागको ४.४३ गुणा बढी हो ।

कम्पनीले धादिङको आँखुखोलामा ८.४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावितलाई समेत साधारण शेयर बिक्री गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज र भोलि काठमाडौंकामा विद्युत् अवरूद्ध हुने (सूचना)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् …

प्रतिकृया दिनुहॊस