News desk

बर्दियामा गोली प्रहार गरी हत्या र लुटपाट

काठमाडाैं । बर्दियाको बढैयातालमा गएराती अज्ञात समूहले गोली प्रहार गरी एक व्यक्तिको हत्या गरेको छ । बढैयाताल गाउँपालिका–३ गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो । घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटिलगेका प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूहको पहिचान भएको छैन । गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको सशस्त्र प्रहरीको बोर्डर …

पुरा पढ्नुहॊस »

विराटनगरमा चार अर्बको लगानीमा भ्यु टावर बन्ने

विराटनगर । विराटनगरमा करिब चार अर्ब रुपैयाैं लगानीमा भ्यु टावर निर्माण हुने भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश १ का कार्यबहाक मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा शिलन्याश गरे । विराटनगर महानगरपालिकाको पहलमा निर्माण हुने उक्त भ्यु टावर ११० मिटरको अग्लो हुनेछ । टावरको पहिलो तलामा राजवंशीको संग्रहालय, दोस्रोमा प्रदर्शनीस्थल, सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट र रिक्रेसन …

पुरा पढ्नुहॊस »

१८८ सवार विमानकाे मुख्य भाग भेटियाे, यात्रुकाे अवस्था अज्ञात

काठमाडाैं । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानको खोजीमा सम्लग्न गोताखोरको समूहले दुर्घटनाग्रस्त उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको बताएका छन् । विमान दुर्घटना भएको छैठौँ दिनमा विमानको मध्य भाग भेटिएको तर उक्त भागलाई पानी बाहिर भने ल्याइ नसकिएको उद्धार तथा खोजी समूहका प्रमुख मुहम्मद स्वायुगीले बताए । भेटिएको उक्त भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको तर पानीको कडा बहावका …

पुरा पढ्नुहॊस »

बिएमडब्लुको बाइक नेपाली बजारमा आउँदै

काठमाडाैं । नेपाली मोटरसाइकल पारखीले अब छिट्टै विश्वविख्यात ब्रान्ड बिएमडब्लुका बाइक चढ्न पाउने भएका छन् । नेपालका लागि बिएमडब्लु बाइकका अधिकृत बिक्रेता टर्क मोछर ट्रडलिंकले बिएमडब्लु मोटोर्राड ल्याउन लागेको समाचार नागरिक दैनिकमा छ । कम्पनीका अनुसार आगामी डिसेम्बरको सुरुतिरै बिएमडब्लु मोटोर्राड नेपाली सडकमा कुद्न थाल्नेछन्। बिएमडब्लु मोटोर्राड विश्वविख्यात जर्मन कम्पनीको बिएमडब्लुको मोटरसाइकल हो । सुरुआती चरणमा कम्पनीले जी१०जिएस र ३१० आर मोडलका ३१३ सिसीका बाइक ल्याउने जनाएको छ ।

पुरा पढ्नुहॊस »

च्याम्पियन्स लिग टोलीमा मेस्सीको पुनरागमन

काठमाडाैं । घाइते भएर केही समय मैदान बाहिर बसेका बार्सिलोनाका कप्तान लियोनल मेसी मंगलबार इन्टरमिलानविरूद्ध मैदान उत्रने भएका छन् । सेभिल्ला विरुद्धको खेलमा हातमा चोट बोकेयता मैदान बाहिरै रहेका मेसीलाई मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले टोलीमा समावेश गरेका हुन् । चोटपछि कम्तीमा तीन साता गुमाउने भनिए पनि मेसी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए । मेसीलाई प्रशिक्षकले टोलीमा समावेश गरे पनि मैदानमा मौका पाउने/ नपाउने यकिन भएको छैन । …

पुरा पढ्नुहॊस »

यमपञ्चककाे पहिलाे दिन आज काग तिहार, यस्तो छ कागको महिमा

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।  यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने …

पुरा पढ्नुहॊस »

रहेनन् राष्ट्रिय पञ्चायतमा बहुदल माग्ने पद्मरत्न तुलाधर

काठमाडाैं । मानवअधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । आइतबार दिउँसो उनको नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ गौरी प्रधानले जानकारी दिए । तुलाधरलाई नौ दिनअघि ब्रेन ह्यामरेजका कारण अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो । पछि नर्भिक अस्पताल सारियो । पछिल्लो समय उनलाई छातीमा संक्रमण देखिएको प्रधानले बताए । उनी राष्ट्रिय पञ्चायतमा बहुदल माग गर्दै आन्दोलन गर्ने नेताका रूपमा चिनिन्छन् । तर, तुलाधरले आफैं २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक भाग लिएका …

पुरा पढ्नुहॊस »

गुन्डा नाइके समीरमानकी श्रीमती पक्राउ, ‘दुर्गा तिवारीको हत्यामा हतियार सप्लाइ ग‍रेकी थिइन्’

काठमाडौं । गुन्डा नाइके समीरमान सिंह बस्नेतकी श्रीमती पक्राउ परेकी छिन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतवार विहान काठमाडौंको ठूलो भर्‍याङबाट बस्नेतकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । श्रीमती शेरचनले आफ्ना श्रीमानलाई आपराधिक गतिविधिमा सहयोग गर्ने गरेको खुलेपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । शेरचनले दुर्गा तिवारीको हत्यालगायत अन्य घटनामा समीरमानलाई हतियार र पैसा सप्लाइ गर्ने गरेको अनुसन्धानबाट देखिएको उनले बताए । २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका …

पुरा पढ्नुहॊस »

तीन महिनामा प्रभु बैंकको खुद नाफा करिब ६० करोड

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेकाे पहिलो त्रैयमास प्रगति विवरण अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको हाे । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले २४ करोड ९६ हजार रुपैयाँले बढी खुद नाफा कमाएको हो । आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैयमासमा बैंकले ३४ करोड ८७ लाख रुपैयाँ मात्रै कमाएको थियो …

पुरा पढ्नुहॊस »

शसत्र प्रहरी जवानको शव निकाल्न गोताखोरको टोली बझाङमा

पार्वती ऐडी बझाङ । शसत्र प्रहरी जवान सेती नदीमा बगेर बेपत्ता भएका चार दिनपछि आइतबार शव निकालिदैछ । गोताखोरको टोलीले नदीको ढुङगामा अड्किएको शव निकाल्न लागेको हो ।सोलुखुम्बुबाट दुई र अत्तरियाबाट पाच जना गोताखोरको टोली बझाङ आएको छ । विहीबार दिउसो १ः३० बजे को समयमा सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका घर भएका २३ बर्षिया राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले …

पुरा पढ्नुहॊस »