News desk

‘साइकलमन्त्री’ लालबाबुमा यति धेरै गाडी मोह !

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए–सवारी साधनको नाममा पुरानो साइकलमात्र । त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो। यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलव्ध गराएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्। …

पुरा पढ्नुहॊस »

विवाहको एक घण्टामै बेहुला-बेहुलीको निधन

काठमाडाैं । अमेरिकाको टेक्सासमा बिहे गरेर फर्किँदै गरेका एक जोडीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । विवाह सकेर विवाहस्थलबाट हेलिकप्टरमा उडेका नवविवाहित जोडीको स्थानीय समय अनुसार शनिबार अबेर राति भएको दुर्घटनामा निधन भएको स्थानीय अधिकारीले बताएका छन् । साम ह्युस्टन स्टेट युनिभर्सिटीमा अध्ययनरत विल बायलर र बेली एकर्म्यान बायलरको हेलिकप्टर दुर्घटनामा निधन भएको हो । उनीहरुको निधन सम्बन्धी खबर पहिलोपटक युनिभर्सिटीको स्टुडेण्ड न्युजपेपरले दिएको थियो  । सामाजिक सञ्जालमा उनीहरुको विवाहमा …

पुरा पढ्नुहॊस »

‘प्रेमलीला’ प्रमोसनको नयाँ शैली : उत्कृष्ट तक्लुलाई ५० हजार

काठमाडौं । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमलीला’ले प्रमोसनको लागि नयाँ शैली अपनाएको छ । फिल्म युनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’मार्फत प्रमोशनको नयाँ शैली अपनाउन लागेको हो । फिल्मकी शीर्ष कलाकार तथा निर्मात्री दिपशिखा खड्का फिल्मको पोष्टरमा मुण्डन रुपमा प्रस्तुत भएपछि फिल्म युनिटले यो कन्टेष्टको अवधारणा ल्याएको हो । दीपशिखाले मानिसलाई उसको बाहिरी रुप हेरेर नभई मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिने भएकाले नयाँ प्रमोसन योजना ल्याएको खुलाइन् …

पुरा पढ्नुहॊस »

पोखरा प्रिमियर लिगको उपाधि भिडन्त आज

काठमाडाैं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिका लागि आज घरेलु टिम पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन् । पोखरा संगशालामा हुने खेलको विजेताले घरेलु क्रिकेटको इतिहासमै सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार पाउने छन् । लिग चरणमा ५ मध्ये ३ खेल जितेको शरद भेषावकरको कप्तानीमा रहेको पोखराले तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा ठाउँ बनाएको हो । उता, पारस खड्काको नेतृत्वमा रहेको चितवनले लिग चरणमा ३ खेल जिते पनि रनरेटमा …

पुरा पढ्नुहॊस »

डोल्पा जीप दुर्घटना अपडेट : मृतक सबैको परिचय खुल्यो

कालिकोट । डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुशी साट्न नपाउँदै डोल्पाली जनतामाझ दुखद घटना घटेको छ ।  सोमबार डोल्पामा भे १ च १६१० नंम्बरको जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । डोल्पाली जनतालाई सुविधा दिनको लागि हेलिकप्टरबाट ल्याएर सञ्चालनमा ल्याएका जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै जुफाल सञ्चालित थिए । १२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जीप करिब २ बजेर ३० मिनेटमा ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने …

पुरा पढ्नुहॊस »

आज तिहारको दोस्रो दिन, कुकर तिहार मनाइँदै

काठमाडौं । यमपञ्चकको दोस्रो दिन कुकुरतिहार । कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ । सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको पं.बालमुकुन्द देवकोटा बताउँछन् । मालिकप्रति बफादार रहने, …

पुरा पढ्नुहॊस »

डोल्पामा जीप नदीमा खस्यो, १० जनाको मृत्यु

काठमाडाैं । डोल्पामा सोमबार जीप नदीमा खस्दा १० यात्रुको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको हो । दुनैबाट गुडेको ४५ मिनेटपछि कालागौडामा सडकबाट चिप्लिएर जीप नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते २ जनाको उद्धार गरिएको छ। चालक दिनेश बोहोरा पनि घाइते भएका छन् । दुर्घटनाको कारण खुल्न नसकेको प्रजिअ …

पुरा पढ्नुहॊस »

पद्मरत्नको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानव अधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा एवं मानवअधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनले मलाई दुःखित तुल्याएको छ । उहाँको महत्वपूर्ण योगदानको राष्ट्रले सदा स्मरण गरिरहनेछ । मुलुकलाई अपुरणीय क्षति पुगेको यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । — Bidya Devi Bhandari (@BidyaDBhandari) November …

पुरा पढ्नुहॊस »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : स्तरोन्नतिको काम अघि बढ्यो

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पाेरेशनसँग सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो । मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो । चिनियाँ …

पुरा पढ्नुहॊस »

भारतीय प्रधानमन्त्री मोदी पाँचौँपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न राज्यमा विधानसभा तथा आम निर्वाचनको संघारमा फेरि नेपाल आउने भएका छन् । मंसिर २६ मा जनकपुरमा आयोजना हुने विवाह पञ्चमीमा सहभागी हुने गरी मोदी नेपाल आउन लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । आफ्नो पाँचौँपटकको नेपाल भ्रमणको अवसरमा मोदीले एकीकृत भन्सार जाँच चौकीको उद्घाटन समेत गर्ने कार्यक्रम छ । त्यस्तै प्रधानमन्त्री केपी ओलीसँग मिलेर मोदीले पुनः सञ्चालनमा आएको जनकपुर जयनगर रेल मार्ग पनि …

पुरा पढ्नुहॊस »