रहेनन् राष्ट्रिय पञ्चायतमा बहुदल माग्ने पद्मरत्न तुलाधर

काठमाडाैं । मानवअधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । आइतबार दिउँसो उनको नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ गौरी प्रधानले जानकारी दिए ।

तुलाधरलाई नौ दिनअघि ब्रेन ह्यामरेजका कारण अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो । पछि नर्भिक अस्पताल सारियो । पछिल्लो समय उनलाई छातीमा संक्रमण देखिएको प्रधानले बताए । उनी राष्ट्रिय पञ्चायतमा बहुदल माग गर्दै आन्दोलन गर्ने नेताका रूपमा चिनिन्छन् । तर, तुलाधरले आफैं २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक भाग लिएका थिए ।

त्यो बेला उनले पञ्चायत सरकारका गृहमन्त्रीसमेत रहेका जोगमेहर श्रेष्ठलाई हराएका थिए । सूर्य चिन्ह लिएर राष्ट्रिय पञ्चायतमा उठेका तुलाधरलाई कम्युनिष्ट पार्टीहरूको समर्थन थियो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछिको आम चुनावमा उनी स्वतन्त्र उम्मेद्वारका रूपमा काठमाडौं उठेका थिए । उनी उठेपछि एमालेले उनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार उठाएन ।

त्यसबेला कांग्रेस नेतृ मंगलादेवी सिंहलाई उनले हराए । बहुदलकालमा उनी मानवअधिकारवादी र २०६२/६३ को आन्दोलनताका उनी नागरिक समाजको अगुवाका रूपमा परिचित थिए । २०६३/६४ पछि उनी पहिचानको आन्दोलनमा सक्रिय थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस