पार्वती ऐडी
बझाङ । शसत्र प्रहरी जवान सेती नदीमा बगेर बेपत्ता भएका चार दिनपछि आइतबार शव निकालिदैछ । गोताखोरको टोलीले नदीको ढुङगामा अड्किएको शव निकाल्न लागेको हो ।सोलुखुम्बुबाट दुई र अत्तरियाबाट पाच जना गोताखोरको टोली बझाङ आएको छ । विहीबार दिउसो १ः३० बजे को समयमा सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका घर भएका २३ बर्षिया राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनुभयो ।
बेपत्ता शशत्र प्रहरी जवान बुढाको खोजी कार्यका लागी जिल्ला प्रहरी कार्यलय बाट प्रहरीको टोली,नेपाली सेना र शशत्र प्रहरीको टोली लागी परेको शसत्र प्रहरी का डीएसपि भुवनराज पन्तले बताउनुभयो । १३ गते जिल्लाको शान्ति सुरक्षाका लागी भन्दै शसत्र प्रहरीको टोली बझाङ आएको थियो ।
प्रतिकृया दिनुहॊस