१८८ सवार विमानकाे मुख्य भाग भेटियाे, यात्रुकाे अवस्था अज्ञात

काठमाडाैं । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानको खोजीमा सम्लग्न गोताखोरको समूहले दुर्घटनाग्रस्त उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको बताएका छन् ।

विमान दुर्घटना भएको छैठौँ दिनमा विमानको मध्य भाग भेटिएको तर उक्त भागलाई पानी बाहिर भने ल्याइ नसकिएको उद्धार तथा खोजी समूहका प्रमुख मुहम्मद स्वायुगीले बताए । भेटिएको उक्त भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको तर पानीको कडा बहावका कारण पानीबाहिर ल्याउन नसकिएको उनकाे थियो । जहाजको मध्य भाग आँफैले नभेटेको तर उद्धारमा सम्लग्न अन्य गोताखोरले भेटेको बताउँदै उनले भने, एक दुई दिनमा उक्त भागलाई बाहिर ल्याउने काम गरिने बताए ।

उद्धारकर्मीका अनुसार अहिलेसम्म विमानका दुबै इन्जिन, ल्यान्डिङ गेयर र यात्रुहरू रहने मध्यभाग भेटिएको छ । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमान गत सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको थियो । उक्त जहाजमा चालक दलका सदस्यसहित १८८ जना रहेका थिए ।  इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै विमानसँग राडारको सम्पर्क टुटेको थियो ।

उक्त विमान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो । इन्डोनेसियाका हजारौं द्वीपसँगको सम्पर्कका लागि हवाईजहाज नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो, तर हवाई सुरक्षामा मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षमा इन्डोनेसियामा हवाई दुर्घटनाको संख्या बढ्दै गएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माईपेको दसैँ मेला, कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने

काठमाडौं । डिजिटल वालेट माईपेले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडबाडको …

प्रतिकृया दिनुहॊस