च्याम्पियन्स लिग टोलीमा मेस्सीको पुनरागमन

काठमाडाैं । घाइते भएर केही समय मैदान बाहिर बसेका बार्सिलोनाका कप्तान लियोनल मेसी मंगलबार इन्टरमिलानविरूद्ध मैदान उत्रने भएका छन् ।

सेभिल्ला विरुद्धको खेलमा हातमा चोट बोकेयता मैदान बाहिरै रहेका मेसीलाई मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले टोलीमा समावेश गरेका हुन् । चोटपछि कम्तीमा तीन साता गुमाउने भनिए पनि मेसी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए ।

मेसीलाई प्रशिक्षकले टोलीमा समावेश गरे पनि मैदानमा मौका पाउने/ नपाउने यकिन भएको छैन । मेसीले रियलसँगको एलक्लासिको गुमाए पनि बार्सिलोनाले रियलविरुद्ध ५-१ को शानदार जित निकालेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस