News desk

ऊर्जाको नयाँ निर्देशिका : बास्केट फण्डका आयोजना प्रतिस्पर्धामा

काठमाडौं । सरकारले सम्भाव्यता अध्ययन भएका जलविद्युत् आयोजना आफ्नै खर्च, मातहतका संस्थाबाट वा विदेशी सहयोगमा निर्माण गर्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५’ ले आयोजना बैंक (बास्केट फण्ड)मा रहेका आयोजना विकास निर्माण गर्न आन्तरिक, बाह्य तथा मातहतका संस्थालाई सहभागी गराउन सक्ने व्यवस्था गरेको छ । जुनसुकै कारणले सर्वेक्षण अनुमतिपत्र रद्द भएका र उत्पादन अनुमतिपत्रका लागि दिएका दरखास्त रद्द भएका आयोजना, …

पुरा पढ्नुहॊस »

विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र तयार

काठमाडाैं । सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरिरहेको बेला निजी क्षेत्रले समेत त्यसमा चासो व्यक्त गरेको छ। तत्कालै नीतिगत व्यवस्था भए चार्जिङ स्टेशन बनाउन आफूहरू तयार रहेको निजी क्षेत्रको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था (इपान)ले सरकारले वातावरण बनाइदिए आफूहरू आगामी ६ महिनाभित्रै चार्जिङ स्टेशन जडान गरी सञ्चालनमा ल्याउने स्पष्ट पारेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले विद्युतीय सवारी साधनप्रति आम नागरिकको चासो बढ्दै गएको सन्दर्भमा सरकारले नीतिगत …

पुरा पढ्नुहॊस »

अब कालीञ्चोकमा पनि केबुलकार, भाडा पाँच सय

काठमाडाैं । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा शनिबारदेखि केबलकार सञ्चालनमा आएको छ । केबलकार सञ्चालनमा आएपछि कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ । दसैंअघि परीक्षण गरिएको केबुलकार शनिबारदेखि व्यवसायिक रूपमै सञ्चालनमा आएको हो । कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा …

पुरा पढ्नुहॊस »

मन्त्री अधिकारीको भिषा च्यातिएपछि बेलायत भ्रमण रद्द

 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्ध भएको छ । नेपालीहरुकालागि बेलायतले भिसा भारतस्थित दुतावासबाट दिने गरेको छ । भारतीय दुतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिषा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्ध भएको छ । नोभेम्वर ५ देखि ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागी हुन जान लाग्नु भएका मन्त्री अधिकारीको भिसामा भीएफएस ग्लोवल नेपालले च्यातिएको …

पुरा पढ्नुहॊस »

मानपुरे डाँडामा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काठमाडाैं । काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना१क ९५२४ नम्बरको खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

ट्रम्पको ट्वीटले भारतमा दीपावली फिक्का हुने संकेत

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीटले चिन्ता बढाएको हो । ट्रम्पले ट्वीट गर्दै नोभेम्बर ५ देखि नयाँ प्रतिबन्ध लगाउने आफ्नो तयारीबारे स्मरण गराएका छन् । यसअघि भारतीय अधिकारीहरुले ईरानसँग तेल खरिदमा भारतलाई अमेरिकाबाट छुट प्राप्त हुने संकेत पाएको जनाएका थिए । भारतीय अधिकारीहरुको अपेक्षाविपरीत ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘प्रतिबन्ध …

पुरा पढ्नुहॊस »

‘पाठशाला स्पोर्ट्स मिट २०७५’ सम्पन्न

काठमाडौं । पाठशाला नेपाल फाउन्डेसनले आयोजना गरेको ‘पाठशाला स्पोर्ट्स मिट २०७५’ सम्पन्न भएको छ । हरेक दुर्इ वर्षमा आयोजना हुने स्पोर्ट्स मिट करिब २ दर्जन खेल खेलाउँदै सम्पन्न भएको हो ।राजदल गणमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पाठशाला नेपाल अब्बल शिक्षा प्रदान गर्न सफल विद्यालयका रुपमा परिचित भएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेको क्षमताको खुलेर प्रशंसा गरे । https://www.facebook.com/pratap.tamang.1042/videos/10212808177505189/ यस्तै कार्यक्रमका अतिथि अाइजीपी शैलेन्द्र खनालले पनि पाठशाला …

पुरा पढ्नुहॊस »

पार्टीलाई एक ढिक्का नबनाईकन म विश्राम लिन्न : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का …

पुरा पढ्नुहॊस »

बुद्ध लामाको ‘रातो टिका टल्क्यो टल टल…’ रिलिज, हेर्नुहोस् भिडियो

काठमाडाैं । नेपाल आइडल सिजन पहिलो संस्करणको विजेता बुद्ध लामाको नयाँ गीत रिलिज भएको छ । ‘रातो टिका टल्क्यो टल टल’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो । वसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्ध लामासँगै मेलिना राईले स्वर दिएकी छन् । चर्चित डान्स ग्रुप भिमफेदी गाइज फिचर्ड भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । संगीतकार वसन्त सापकोटा भन्छन्,’ बुद्ध नेपाल आइडलको ट्यागबाट माथि उठेर सिर्जनाको …

पुरा पढ्नुहॊस »

मुलुक गम्भीर धार्मिक द्वन्द्वमा फस्दै छ : कमल थापा

काठमाडाैं । गणतन्त्र स्थापनापछि नै गणतान्त्रिक शक्तिसँग नजिक देखिएका राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था पुर्नस्थापनाको पक्षमा फेरि वकालत गरेका छन् । ताप्लेजुङमा धार्मिक पर्यटकीय स्थल पाथीभरा दर्शनपछि पत्रकारहरुसँग अन्तरक्रियाको क्रममा नेता थापाले राजसंस्थाको खुबै प्रसंसा गरे । यस क्रममा उनले ‘राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दु राष्ट्र’ नै आफ्नो पार्टीको बटमलाइन भएको दोहोर्याएका छन् । राजसंस्था बिना मुलुकको राष्ट्रियता र राष्ट्रिय एकता बलियो नहुने उनको जिकिर थियो । साथै नेपालको धार्मिक, साँस्कृतिक …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds